जेष्ठ ४, २०८१ शुक्रबार

लोकसेवा पढिरहनुभएको छ ?



वस्तुगत प्रस्नोत्तर

१. हिमाली क्षेत्र जुम्लामा जलवायु परिवर्तन सम्बन्धी राष्ट्रिय सम्मेलन कहिले सम्पन्न भयो ?
– वि.सं. २०७४ असोज २९–३०
(नेपालको पर्वतीय क्षेत्रका जागरिकको अधिकारसँग सम्बन्धित जलवायु परिवर्तन, खाद्यसुरक्षा र पानीको असर एवम् चुनौती विषयक राष्ट्रिय सम्मेलन जनसङ्ख्या तथा वातावरण मन्त्रालय र कर्णाली एकीकृत विकास तथा अनुसन्धान केन्द्र जुम्लाको आयोजनामा सम्पन्न भएको । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जीवराज पोख्रेलले नेपाल जलवायु परिवर्तनको असरमा विश्वको चौथो जोखिमयुक्त मुलुक रहेको बताउनुभएको ।)

२. वि.सं. २०७० मङ्सिर ४ गते निर्वाचन भई माघ ७ गते पहिलो वैठक गरेको ऐतिहासिक संविधान सभा (दोस्रो) को रुपान्तरित व्यवस्थापिका–संसद्को कार्यकाल कहिले सकिएको हो ?

– वि.सं. २०७४ असोज २८

– संविधानको धारा २९६ अनुसार रुपान्तरित संसद्को कामइकाल चार वर्ष अर्थात् आगामी माघ ७ गतेसम्म रहने भए पनि प्रतिनिधि सभाको उम्मेदवारको मनोनयन पत्र पेस गर्ने अघिल्लो दिन स्रसद्को कार्यकाल सकिने संवैधानिक प्रवधान अनुसार असोज २८ गते रुपान्तरित संसद्को कार्यकाल सकिएको । मङ्सिर १० र २१ ग्ते हुने प्रतिनिधि सभामा र प्रदेश सभाको निर्वाचनका लागि समानुपातिक उम्मेदवारको सूची असोज २९ मा बुझाउने कार्यतालिका निर्वाचन आयोगले प्रकाशित गरे अनुसार असोज २८ मा संसद्को कार्यकाल सकिएको ।

चार वर्षको अवधिमा भएको सबभन्दा महत्वपूर्ण कार्य संविधान जारी गर्नु हो । अघिल्लो संविधान सभाले जारी गर्न नसकेपछि दोस्रो संविधान सभाको निर्वाचन भएको थियो ।

– चार वर्षका लागि निर्वाचित संविधान सभाले डेढ वर्षमा संविधान जारी गरेपछि २०७२ असोज ३ बाट रुपान्तरित व्यवस्थापिका संसद्मा कायम भएको थियो । पहिलो संविधान सभा असफल भएको पृष्ठभूमिमा निर्वाचित संविधान सभाले एक वर्षमा संविधान जारी गर्ने श्वेतपत्र जारी गरेको थियो तर एक वर्षभित्र अर्थात २०७१ मघ ७ सम्मको समयसीमामा संविधान जारी नभए पनि केही राजनीतिक दलको असन्तुष्टि हुँदाहुँदै बहुमतीय प्रक्रियाबाट २०७२ असोज ३ गते सव्ंविधान जारी भएको थियो ।

– संविधान लागू गर्ने सन्दर्भमा अत्यावश्यक केही कानुनको निर्माण, राष्ट्रिपति–उपराष्ट्रपतिको निर्वाचन, तीनपटक प्रधानमन्त्रीको निर्वाचन गर्दै यसले लोकतान्त्रिक अध्यासलाई सहज बनाउन योगदान गर्यो भने इतिहासमा पहिलो महिला राष्ट्रपति, पहिलो महिला सभामुखको निर्वाचन गरेर सामाजिक परिवर्तनलाई आत्मसा तगर्ने प्रयास पनि यो संसदले गरेको ।

– रुपान्तरित संसद्मा संसदीय पद्धतिका दुर्लभ अभ्यास दुई महाअभियोगको अभ्यास भएको । तर दुवै प्रस्ताव संसद्मा निर्णयार्थ प्रश्तुत नभएका ।
– संसद्को कार्यकाल सकिएसँगै करिब दुई दशक देखिको द्वन्द्व, राजनीतिक अस्थिरता र सङ्क्रमणकालीन व्यवस्था अन्त्य हुने चरणमा प्रवेश गरेको ।

३. म्यानमारमा भड्किएको हिंसामा चरम दमन भएपश्चात रोहिङ्ग्या विद्रोहीद्वारा एकतर्फी युद्धविरामको घोषणा कहिले भएको हो ?
– सन् २०१७ सेप्टेम्बर ९
(सन् २०१७ सेप्टेम्बर १० मा म्यानमार सरकारद्वारा रोहिङ्ग्या विद्रोहीद्वारा गरिएको युद्धविराम अस्वीकार ।)

४. गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को आठौँ महाधिवेशन कहिले सम्पन्न भयो ?
– वि.सं. २०७४ असोज २८–३१

५. गैरआवासीय नेपाली सङ्घको कतिऔँ सम्मेलनले ‘भिजन २०२० एन्ड वियोन्ड पारित गरेको हो ?
– आठौँ
(काठमाडौँमा सम्पन्न सङ्घको आठौँ विश्व सम्मेलनले आगामी मार्गचित्रका रुपमा भिजन २०२० एन्ड वियोन्डलाई सर्वसम्मत रुपमा पारित गरेको ।)

६. गैरआवासीय नेपालीको लगानीमा ७५० गैयाको नेपाल मेडिसिटी अस्पतालको औपचारिक रुपमा उद्घाटन कहिले भएको हो ?

– वि.सं. २०७४ असोज २५
– एनआरएन स्थापना भएको १४ औँ वर्ष पूरा हुँदैगर्दा विदेशमा रहेका नेपालीको लगानीमा निर्मित सो अस्पतालको उद्घाटन एनआरएनका पूर्व अध्यक्ष जिवा लामिछाने, अध्यक्ष शेष घले, उपाध्यक्ष भूवन भट्ट, नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्मा र उद्योगी चन्द्र ढकालद्वारा संयुक्त रुपमा गरिएको ।

– अस्पतालले साधारणदेखि न्युरो साइन्सेज, कार्डियाक साइन्सेज, अर्थो एन्ड स्पोर्टस मेडिसिन तथा अङ्कोलोजीलाई सेन्टर अफ एक्सेलेन्सका रुपमा विकास गरी सेवा उपलब्ध गराउने जनाएको । साथै अन्य विद्यालाई पनि सेन्टर अफ एक्सेलेन्सका रुपमा विकास गर्ने लक्ष्य लिइएको ।
– अस्पताल हेलिप्याडसहित आठ तलाको रहेको ।

७. स्थानीय सरकार सञ्चालन विधेयक, २०७४ राष्ट्रपतिद्वारा कहिले प्रमाणीकरण भएको हो ?

– वि.सं. २०७४ असोज २९
(पारित विधेयक अनुसार नगरपालिका हुन हिमाली क्षेत्रमा कम्तीमा १० हजार, हिमाली जिल्लाका पहाडी क्षेत्र तथा पहाडी जिल्लामा कम्तीमा ४० हजार, भित्री मधेसका जिल्लामा कम्तीमा ५० हजार, तराईका जिल्लामा ७५ हजार तथा काठमाडौं उपत्यकाभित्र एक लाख जनसङ्ख्या हुनुपर्ने प्रावधान राखिएको । त्यस्तै विगत पाँच वर्षको औसत आाय हिमाली क्षेत्रका स्थानीय तहको रु १ करोड र अन्यत्रको रु ३ करोड हुनुपर्ने व्यवस्था रहेको । यसबाहेक सहरी सुविधासमेत हुनुपर्ने विधेयकमा उल्लेख ।)

८. प्रहरी सङ्गठनमा प्रदान गरेको योगदानको कदर गरी लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित हुने पूर्व प्रहरी महानिरीक्षक को हुन् ?
– कुबेरसिंह राना
– नेपाल प्रहरीको प्रतिष्ठित ‘पूर्ण शान्ति पुरस्कार’ विशेष व्युरोमा कार्यरत प्रहरी निरीक्षक सुदर्शन भट्टलाई प्रदान गरिएको ।
– सीआईबीका इन्सपेक्टर हरिबहादुर बस्नेत, लागूऔषध नियन्त्र ब्युरोका इन्सपेक्टर अनिल ठकुरी, प्रहरी महानिरीक्षक गणेशबहादुर बोगटी र ईश्वर थापा उत्कृष्ट अनुसन्धानकर्ता पुरस्कारबाट पुरस्कृत भएका ।

९.‘आफू को हुँ भनेर तिमी जान्न चाहन्छौँ भने कसैलाई नसोध । काम गर, त्यसले नै तिमीलाई परिभाषित गर्नेछ’ भन्ने विचारक को हुन् ?
थेमस जेफर्सन, अमेरिकी भूतपूर्व राष्ट्रपति

१०. आईएसओ ९००१ः २०१५ द्वारा सम्मानित हुने नेपालको बैंङ्किङ संस्था कुन हो ?
– नबिल बैंङ्क