>

कार्तिक २, २०७८ मंगलबार

विद्रोही कवि निभा : सूर्यको रातो किरणमा पनि रजश्वला देख्छिन् !



काठमाडौ-उनले दिएको निर्धारित समयमै म अनामनगरको एक क्याफेमा पुगेको थिएँ। म पुग्दा कवि निभा शाह एकजना गिनेचुनेका लेखकसँग आफ्नो मत बझाइरहेकी थिइन्।

‘म बिसे नगर्चीलाई नायक त मान्दिन, तर खलनायक पनि भन्दिन’, लेखकले तर्क गरे। उनको भनाई थियो, ‘बिसे नगर्चीले दलितका लागि बिद्रोह ग¥योरु कुनै अभियान छेड्योरु एकजना सामन्त राजाको सल्लाहकार भएर के नै गरेको हो ररु अनि ‘ग्लोरिफाइ’ गर्नुको कारण के छरु बिसे नगर्चीलाई हिरो बनाउनुपर्ने ? ’

बहस तातिँदै जाँदा शाहको स्वरपनि ठूलो हुँदै थियो। प्रश्नमाथि प्रश्न थिए उनीसँग। पृथ्वीनारायण शाहका सल्लाहकार भनिने एकजना दलित बिसे नगर्चीका बारेमा उनीहरुबीच लामै बहस चल्यो। निभाले भनिन्, ‘मेरा बाजेका पालामा प्रहरीको तलब ८ रुपैयाँ थियो, पृथ्वीनारायण शाह मेरा बाजेभन्दा चार पुस्ता अघिका थिए,

प्रत्येकको घर–घरबाट १–१ रुपैयाँ हतियारका लागि उठाउने सल्लाह दिएको थियो बिसे नगर्चीले’ शाहले भनिन्, ‘त्यसबेला १ रुपैयाँको मूल्य कति थियो ?  त्यो रकम साधारण मान्छेले तिर्ने ल्याकत राख्थ्योरु बिसेले कसको वर्गको प्रतिनिधित्व गथ्र्यो भन्ने कुरा मुख्य हो।’

एकछिनमा बहस टुंगियो। अब शाह मसँग कुरा गर्न तयार थिइन्। मैले उनको कविता यात्राका विषयमा केहि जिज्ञासा राखेको थिएँ। शाहलाई भने अघिल्लो बहसको रन्कोले छाडेकै थिएन। बिसे नगर्चीको प्रसंग हुँदै उनी सबरीसम्म पुगिन्।

‘बिसे नगर्ची हिरो हो भने रामायणको सबरीपनि हिरोइन हो, सबरी रामलाई जुठो खुवाउने महिला हो, उ पनि दलित पात्र हो’, यति भनेर शाहले आफूलाई अत्यन्त मन पर्ने भन्दै भारतीय कवि गणेश रायबोलेले सबरीका बारेमा लेखेको कविता नेपालीमा सुनाइन्

तिमी त मेरो जुठो खाएर महान भयौ राम म त सबरीकी सबरी रहें ‘यति पढेपछि रामका बारेमा धेरै भन्नैपर्दैन, खासमा सबरीलाई ‘ग्लोरिफाइ’ गरेर उनी राम भएका हुन्’, निश्कर्ष सुनाइन्।

शाहले पनि सबरीलाई बिम्ब बनाएर कविता लेखेकी रहिछन्। उनले आफ्नो कविताको भने शीर्षकमात्र सुनाइन्। ‘राम तिमीले सबरीको देह चाख्यौ कि सबरीको जुठो बयर चाख्यौरु’ उनको कविताको शिर्षक थियो यो।

कविताको प्रसंग सम्झिएपछि उनी झनै उत्तेजित भइन्। र, केहि प्रश्नसमेत गरिन्, ‘यहाँ बदिनीको देह चाखेका छैनन्रु बेश्यालयमा को जान्छरु बेश्यालय कसले चलाउँछरु घरभित्र र घरबाहिरका दुवै बेश्यालय पुरुषले चलाउँछ।’

यति कुरा भइसकेपछि म पक्का भएँ, निभा शाह कविता र व्यक्तिगत जीवन दुवैमा विद्रोही रहिछन्। उनी सामान्यतयाः समाजमा दैनन्दिन सुनिनेभन्दा फरक तर्क गर्छिन्। फरक विचार राख्छिन् र उनीसँग प्रश्नहरु छन्– समाजव्यवस्थाप्रति।

हतियारबन्द बिद्रोहबाट माओवादी शान्ति प्रकृयामा आइसकेको थियो। देश पहिलो संविधानसभा निर्वाचनको संघारमा थियो। माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वाइसिएललाई भन्दै हिँडेका थिए, ‘तपाईँहरु केहिदिन गान्धी बनिदिनुस्, बुद्ध बनिदिनुस्।’

बुद्ध र गान्धी बन्न प्रचण्डले गरेको आह्वान शाहलाई चित्त बुझेको थिएन। उनले कविता लेखिन्ः अचेल अचेल जंगलबाट शहर पसेका,महल बसेकालालख्वामितहरु भनिरहेछन्बु,  धनी तिमी बुद्ध जन्माउ बुधनी रानी हो र बुद्ध जन्माउँछे ?  बुधनी दास हो दासहरु स्पार्टाकस जन्माउँछन्, स्पार्टाकसहरु जन्माइरहन्छन्

निभा राजखलकमा जन्मिइन्। उनकी आमा जंगबहादुरका भाइ बद्रीनरसिंह राणाकी सन्तान हुन्। काठमाडौंको ठमेल बद्रीनरसिंहका सन्तानको बसोबास रहेको क्षेत्र हो। उनका मावली अझै त्यहीं छन्। निभा मावलमै जन्मिइन्।

उनकी आमामात्र होइन, उनका बुबापनि राजखलककै सन्तान हुन्। पश्चिममा उहिल्यै ठकुरी राजा थिए, सिजापति। तिनै सिजापतिका सन्तान हुन् उनका बुबा। निभाले आफ्नो बुवातर्फको इतिहास सुनाइन्ः

ठकुरी राजा सिजापतिकी छोरी थिइन्, हारमता मैयाँ। सिजापती महाराजले छोरीलाई पढाउन भनेर कास्मिरी भट्ट बाहुन झिकाएका थिए। तर, समय बित्दै जाँदा हारमताले आफूलाई पढाउने कास्मिरी भट्ट ब्राम्हणकै पेट बोकिन्।

छोरीले पेट बोकेपछि सिजापति महाराजले तिनै भट्टसँग हारमताको बिवाह गराइदिए। बिवाहपछि छोरीलाई अछाम जिल्ला दाइजोमा दिए। छोरीका तर्फबाट एकजना छोरा जन्मिए, देवचन्द्र। देवचन्द्रलाई सिजापतिले राजा घोषित गरे।

तिनै देवचन्द्रको खलकमा जन्मिएकी हुन् निभा। जाजरकोट, अछाम र सल्यानका राजखलक सबै देवचन्द्र महाराजकै सन्तान हुन्। पृथ्वीनारायण शाह र सिजापतिको खलक भन्ने भिन्न हो। नेपालको पहिलो शहीद सिजापतिकै खलकबाट भएको बताउँछिन् शाह।

‘बाँकाबीर नेपालको पहिलो शहीद हो, उसलाई यहाँ मान्यता दिएको छैन त्यो फरक कुरा भयो, तर उ नै नेपालको पहिलो सहीद हो, उ सिजापतिकै खलकको थियो’ उनले भनिन्।

शाहको परिवार शिक्षित थियो। आमा राणा परिवारकी छोरी, साधारण मान्छेले स्कूल देख्नै नपाउने समयमा उनले पद्मकन्या क्याम्पसबाट १० कक्षा पास गरेकी थिइन्। अछामबाट १८ दिन हिँडेरै भएपनि उनका बुबाले त्रिचन्द्र क्याम्पस आएर पढे। त्यसबेला काठमाडौंमा आएर पढ्नु ठूलो कुरा थियो। उनका बुबाको पालामा अछाममा कहिँकतै स्कुल थिएन।

अछामका राजखलकमा राणाकी छोरी बिवाह गर्ने प्रचलन त्यति थिएन। बाँकाबीरको हत्या गरेपछि अछामीहरु राणासँग रुष्ट थिए। अछामले राणाशासनसँग पटकपटक विद्रोह गरेको थियो।

राणासँग सम्बन्ध बनाउने प्रचलन भर्खर शुरु भएको थियो। उसबेला ‘ग्राजुयसन’ गरेका उनका बुबाले राणा खलककी छोरीसँग मागी विवाह गरे। बुबा र आमा दुवै शिक्षित हुनुको प्रत्यक्ष फाइदा– उनको घरमा शिक्षाको राम्रो प्रबन्ध थियो। ‘आइस्यो, गइस्यो’ को खान्दानी भाषा चल्थ्यो घरमा। घरमा मात्र होइन, नातेदारहरुसम्म।

जन्म काठमाडौं भएपनि उनको हुर्काइ भने कैलाली र अछाममा भयो। वर्षमा ६ महिना अछाम र ६ महिना कैलाली बस्नुपथ्र्यो। जाडोमा कैलाली र गर्मीमा अछाम गरेर उनको बाल्यकाल बित्यो। उनले आफ्नै आँखाले कैलालीमा थारुहरुलाई बेचेको देखिन्। हरेक वर्षको माघ १ गते थारुहरुको किनबेच चल्थ्यो।

थारुको किनबेच आधिकारिक थियो। राज्यकै उपस्थितिमा किनबेच हुन्थ्यो। सरकारले ०५७ सालमा कमैया मुक्तिको घोषणा गर्‍यो। ‘कैलालीमा माओवादी आन्दोलनले ठूलो विद्रोह जन्मायो थारुहरुमा, कमैयाहरुले त्यहाँ विद्रोह गरे, त्यो ज्वालामुखीले ठूलो रुप लिन्छ भनेर कमैया खारेज गरेको हो’, शाह भन्छिन्।

उनले थारुहरुको आँशु र पसिना देखिन्। त्यसले उनको बालमनमा प्रश्न जन्मायो, ‘यस्तो किन हुन्छ ? ’ जुम्लीहरु कैलाली हुँदै कामको खोजीमा कालापहाडतर्फ जान्थे। पञ्चायतविरुद्ध भुमिगत रुपमा लडिरहेका कम्युनिस्ट कार्यकर्तामध्ये कसैले उनीहरुलाई कालापहाड हिँडेका जुम्लीसँग सोध्न लगाउँथ्यो, ‘यिनीहरुलाई सोध न, पेट ठूलो कि देश ठूलो भनेर।’

बच्चा न थिए उनीहरु। सिकाए बमोजिम नै सोध्थे, ‘ए जुम्लीदाई, पेट ठूलो कि देश ठूलो? ’ अभाव र दुःखले थिचिएका जुम्लीमध्ये कसैले भन्थ्यो, ‘देश ठूलो हुने भया पेटका लागि कालापहाड जाँदा हुँ ? ’

जुम्लीको कहरले पनि उनको मनमा प्रश्न जन्मायो, ‘यस्तो किन हुन्छ? ’ उनकी माइली आमा २२ बर्षमै विधवा भइन्। उनका दुईवटा छोरा थिए। यो अछाम बस्दाको कुरा थियो। २२ बर्षको बैंशालु उमेर थियो उनकी सानीआमाको। त्यसैले घरकाले माइली आमाको सुराक गर्न खटाउँथे उनलाई।

आज आएर उनी त्यसबेलाको आफ्नो कर्मलाई ‘सांस्कृतिक गोठाला लागेको’ भन्छिन्। ‘अरुको देहको लालपुर्जा बोक्नेरु यो सबै देख्दापनि मभित्र यस्तो भइरहेको छ भन्ने प्रश्न नै उब्जिन्थ्यो’, त्यसबेलाको घटना स्मरण गर्दै शाह सुनाउँछिन्। यी सबै कारणले उनीभित्र बिद्रोहको राँको सल्किसकेको थियो।

सानैदेखि उनी अरुले जे भन्यो, चुपचाप मान्ने खालकी केटी थिइनन्। उनी अटेरी थिइन्। आफ्नो अन्तर्मनले नभनेसम्म अरुले भनेको नटेर्ने। रजस्वला भएपछि उनले छाउ बारिनन्।

छाउगोठमा बस्ने संस्कार बोकेको समाजमा उनी घरभित्रै बसिन्। रुढिग्रस्त हजुरआमाले ‘देउता लाग्छ’ भनेर उनलाई सराप्दै घर खनिदिइन्। उनका बुबा उदार थिए, यसले निभालाई हौसला नै मिलेको थियो।

सम्भवतः निभालाई लाग्छ, छाउ नबार्ने त्यस गाउँकी उनी नै पहिलो महिला थिइन्। उनले छाउ नबारेको १० वर्षपछि अहिले गाउँमा अधिकांस युवतीले छाउ बार्दैनन्। ‘बिद्रोह स्थानीयले गर्नुपर्छ,

काठमाडौंबाट एनजिओका मान्छे गएर छाउपडी हट्दैन’, उनी भन्छिन्, ‘बाहिरबाट गएकालाई देउतै लाग्दैन, यिनीहरु फिरिङ्गी हुन् भन्छन्। जब घरभित्रकै कसैले विद्रोह गर्छ, उसलाई त लागेन भने हामीलाई पनि लाग्दैन भनेर अरुले पनि अन्धविश्वास मान्दैनन्।’

पछाडि फर्किएर सोच्दा उनलाई जुम्लाबाट लस्करै कालापहाड हिँडेकाहरुले नै विद्रोहको आदिम झिल्को बालिदिएका थिए जस्तो लाग्छ। बिसं २०५१ सालमा उपचारका लागि भारत जाँदा उनले पहिलोपटक माक्सिम गोर्कीको ‘आमा’ उपन्यास पढिन्। ‘आमा’ ले आफ्ना धेरै जिज्ञासा सल्ट्याएको ठान्छिन् उनी।

‘आमा पढेपछि नै मैले पहिलोपटक थाहा पाएँ, किन मान्छे दलित हुन्छ ? किन विभेद हुन्छरु किन उत्पीडन हुन्छरु किन महिला हुन्छरु किन पुरुष हुन्छरु भन्ने कुरा’, शाहले सुनाइन्। त्यसपछि उनले क्रान्तिकारी, अझ माक्र्सवाद सम्बन्धि पुस्तकहरु खोजीखोजी पढ्न थालिन्।

स्नातक पढ्न उनी भारत गइन्। देशमा माओवादी विद्रोह शुरु भइसकेको थियो। उनी क्रान्तिकारी लेखहरु लेख्थिन् माओवादीका पत्रिकामा। अन्ततः शाह ०५८ सालमा भुमिगत भइन्। ०५९ सालमा राम कार्की ९पार्थ क्षेत्री० हरुसँगै उनी गिरफ्तार भइन्, भारतबाटै। जेलयात्राको समेत अनुभव बटुलिन् जीवनमा।

कम्युनिस्ट विचारधारा बोकेको, सांस्कृतिक क्रान्तिको दीक्षा लिएको माओवादी सबैभन्दा प्रगतिशील होला भन्ने उनलाई लागेको थियो। तर महिलाहरुलाई हेर्ने दृष्टिकोणका सम्बन्धमा २०६० सालको एउटा घटनाले उनालाई सोच्न बाध्य बनाइदियो।

उनी भुमिगत रुपमा अछाम गएकी थिइन्। माओवादीका छापामार युवतीले उनलाई रोजा लक्जमवर्गका बारेमा सोधे। उनले जानेसम्म रोजाका बारेमा भनिदिइन्। कम्युनिस्टहरुका लागि रोजा आजपनि ठूलो आदर्श हुन्।

तर, उनीसँग कुरा गर्ने छापामार युवतीहरुले रोजाका बारेमा अरु नै केही सुनेका रहेछन्। निभाको उत्तर सुनेर चित्त नबुझाएकी एकजनाले सोधिहालिन्, ‘रोजा त चरित्रहीन महिला हुन् अरे नि त दिदी।’

उनी छक्क परिन्। फेरि उनले प्रश्नकर्ता युवतीहरुलाई नै सोधिन्, ‘तिमीहरुलाई कसले भन्योरु’ उनीहरुले एकजना ठूलै नेतातर्फ औंल्याए। ‘रोजा बिहै नै नगरी केटासँगै बस्थिन् रे त’, उनीहरुले जवाफ दिए।

‘बिहे नगरी केटासँग बस्नेजति जम्मै चरित्रहिन हुन्छन् रे ? ’, शाहले प्रश्नकर्ता युवतीहरुसँग सोधिन्। त्यसपछि ती युवतीहरुले भनेको वाक्य आजपनि उनको कानमा जस्ताको तस्तै गुन्जिन्छ, ‘पार्टीका नेता त त्यसै भन्दाछन्।’

यस घटनापछि उनलाई कम्युनिस्टहरुको पनि महिलाप्रतिको दृष्टिकोण ‘मनुवादी’ छ भन्ने लाग्छ। ‘हाम्रो स्कुलिङ कति मनुवादी छ भन्ने बुझ्न यही घटना काफी छ, सबैभन्दा क्रान्तिकारी भनिएको कम्युनिस्ट पार्टीको पुरुषनेता रोजा लक्जमवर्गजस्ती विद्रोहीलाई चरित्रही भन्ने सिकाउँदैछ’, निभाले असन्तुष्टि व्यक्त गरिन्।

आम समाजमा जस्तै कम्युनिस्ट पार्टीमा पनि महिलाको देहको लालपुर्जा पुरुषले बोकेको उनको धारणा छ। ‘यिनीहरुले महिलाको देहको लालपुर्जा बोकेका छन्, माक्र्सवादले महिलालाई हेर्ने दृष्टिकोणसँग यिनीहरुलाई कुनै मतलव छैन’,

आक्रोशित हुँदै उनी भन्छिन्, ‘सीतालाई कसरी हेर्ने, रामलाई कसरी हेर्ने, द्रौपदीलाई कसरी हेर्ने अथवा रामायणलाई कसरी हेर्नेरु यी सबै विषयमा हाम्रा कम्युनिष्ट पार्टीसँग कुनै दृष्टिकोण छैन, महिलाका सम्बन्धमा यिनीहरुको दृष्टिकोण पनि प्रतिगामी नै छ।’

पार्टीभित्रकै हाल त्यस्तो भएपछि समाजमा महिलाको अवस्था झनै निराशाजनक रहेको ठान्छिन् उनी। शान्ति प्रकृयामा आइसकेपछि धेरै कुरामा उनको माओवादी नेताहरुसँग मत मिल्छ छाड्यो। बाबुराम भट्टराईसँग उनको सुमधुर पारिवारिक सम्बन्ध थियो।

हिसिला घरमा बोलाइरहन्थिन्, त्यहाँ उनको बाक्लै आउजाउ थियो। माओवादी पार्टी आफ्नो आदर्शबाट विचलित हुँदै गएजस्तो लाग्यो उनलाई। एकदिन उनले बाबुरामलाई ठाडै सोधिन्, ‘हाम्रो पार्टी कस्तो हुँदैछरु कस्को पार्टी हुँदैछ यो ? ’

जब उनले प्रश्न सोध्न थालिन्, बाबुराम र हिसिलासँगको सम्बन्धपनि बिस्तारै टाढिन थाल्यो। उनको सबैभन्दा बलियो हतियार नै कविता थियो। पार्टीको अवस्था देखेर असैह्य भएपछि उनले कविता लेखिन्

माओहरु बिल गेट्स बनेपछि
छाप्रोहरुले भने, यो त रगतको होली हो
तर महलहरुले भने, यही त दिपावली हो

यस्ता कविता लेख्न थालेपछि विस्तारै सत्ताको मादक स्वादमा रमाइरहेका नेताहरुसँग उनको सम्बन्ध टाढिँदै गयो। प्रचण्ड र बाबुरामप्रति उनको कटु टिप्पणी छ। भन्छिन्, ‘उहाँहरु अब कम्युनिस्ट विभिषण हो।’

कविता वा साहित्यका कुनैपनि विधामा कलम चलाउन चाहनेले मिथकहरु अध्ययन गर्नुपर्ने ठान्छिन् उनी। मिथकले नै चेतना निर्माण गरिरहेको ठान्ने कवि शाह उदाहरणसहित भन्छिन्,

‘रामको कुरा आउँदा सबरीको चर्चा हुन्छ तर सम्बुकको प्रसंग कि लुकाइन्छरु कारण उ दलितको सन्तान हो, पढ्छु भन्दा रामले मारेको हो, पढ्छु भन्दा मारिनुपरेको कुरा छ नि त यहाँ, उसको कुरा उठाइँदैनन् यहाँ।’

रामकै प्रसंग उठाउँदै उनले अर्को उदाहरण दिइन्, ‘सुपर्णखा रावणकी बहिनी थिई, उसले प्रेमको निवेदन गर्दा रामका भाई लक्ष्मणले नाकै काटिदिए, यो प्रसंगलाई पनि लुकाउन खोजिन्छ र चर्चाचाहिँ सबरीको मात्र गरिन्छ।’

मिथकहरुको सचेत अध्ययन गर्न नसके मान्छे दास रहने उनको तर्क छ। शाहलाई यो सत्य उत्खनन गरिनुपर्ने समय हो भन्ने लाग्छ। उनले भनिन्, ‘इतिहास उत्खनन गर्नुपर्छ, इतिहासलाई आलोचनात्मक रुपले हेर्नुपर्छ, यो सत्य उत्खनन गर्ने समय हो।’

यस्तै, साहित्यले निर्माण गरिसकेका बिम्बपनि भत्काउनुपर्ने तर्क छ उनको। शक्तिशाली बिम्व पुरुषले लिने, कमजोरचाहिँ महिलालाई छाडिदिने गरेको र त्यसले चेतना निर्माणमै ठूलो प्रभाव पारिरहेको महशुस गरेकी छन् उनले। त्यसैले निभाले आफ्नै कवितामा बिम्ब भत्काएर शक्तिशाली वस्तुसँग महिलालाई जोड्न शुरु गरेकी छन्।

एउटा कवितामा उनले सूर्यलाई महिला बनाइदिएकी छन्। कुनै कोणबाट पनि सूर्य पुरुषजस्तो नलाग्ने भन्दै उनले कविता सुनाइन्ः

जब सूर्य रातो फाल्सा बोकेर उदाउँछ
त्यो पल सूर्यको रजस्वला हुँदै गरेको पल हो

उनलाई हिमालयपनि महिलाजस्तै लाग्छ। शाहले एउटा कवितामा लेखिन्, ‘हिमालय रजस्वलाजस्तै बग्छ।’ शाहसँग कुरा गर्दाको अनुभव भिन्न रह्यो। एउटा प्रसंगमा कुरा गर्दागर्दै उनी अर्कै प्रसंग निकाल्थिन् र त्यसैमा वेग मार्थिन्। हामी निर्बन्ध कुरा गरिरहेका थियौं, भिन्न–भिन्न विषयमा एकैपटक।

अन्तमा उनले मिडियाको पनि महिलालाई हेर्ने दृष्टिकोण संकुचित रहेको आफ्नो निचोड सुनाइन्। प्रमाणस्वरुप उनले आफ्नो जेलयात्राबारे एकजना पत्रकारले लेखेको पुस्तकको प्रसंग निकाल्दै सुनाइन्, ‘म, राम कार्की, महेश्वर दाहाल लगायत हामी २०५९ मा इन्डियाबाट पक्राउ प¥यौं, सुधिर शर्माले आफ्नो कितावमा राम कार्की उर्फ पार्थ भनेर लेख्नुभयो।

अरुको पनि भुमिगत नाम र उहाँहरुलाई परम्परागत रुपमा बोलाउने नाम छुट्टाछुट्टै लेख्नुभयो। तर मेरो नामचाहिँ अदिती शाह लेख्नुभयो।

महिला हो भन्ने उहाँको धारणाले काम गरेको छ त्यहाँ, उहाँले खोजेर निभा शाह उर्फ अदिती भनेर लेख्नुपथ्र्यो नि त। उहाँको इतिहास राम कार्की र पार्थ दुबै भनेर लेखिनुपर्ने, अनि अदिती भनेको निभा शाह भनेर भन्नुसम्म पर्दैन ? ’

‘रोजालाई लेनिनले नउठाएको भए उनलाई पनि सम्पूर्ण रुपले खारेज गर्ने थिए’ एकछिन सोचेर उनले तर्क गरिन्।साभार:नेपालखबर