बैशाख २१, २०८१ शुक्रबार

सीता दाहालको स्वास्थ्यमा सुधार



नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’पत्नी सीता दाहालको स्वास्थ्यमा उल्लेख्य सुधार आएको जनाइएको छ ।

माघ ६ गतेदेखि ललितपुरस्थित सुमेरु अस्पतालमा भाइरल ज्वरोको उपचार गराइरहनुभएकी दाहालको स्वास्थ्यमा सुधार आएपछि आइतबार दिउँसो १ बजे आइसियुबाट जनरल वार्डमा सारिएको अध्यक्ष प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

दाहाललाई जनरल वार्डमा २४ घण्टा निगरानीपश्चात डिस्चार्ज गर्न सकिने उपचारमा संलग्न चिकित्सक डा।अशोक शर्मालाई उदृत गर्दै प्रचण्डको सचिवालयले जनाएको छ ।