बैशाख २३, २०८१ आईतबार

उत्कृष्ट महिला क्रिकेटरको अवार्ड सीता राणा मगरलाई



नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका सदस्य सीता राणा मगरले वर्ष उत्कृष्ट महिला क्रिकेटरको अवार्ड जितेकी छन्।

अवार्डसँगै उनले ६६ हजार नगद प्राप्त गरिन्।

 क्रिकेट खेलाडी संघ(सिप्यान)ले वर्ष २०१८-१९ मा नेपालकाे तर्फबाट उत्कृष्ट प्रदर्शन गरेकाले सीतालाइ एनसिसीएस-सिप्यान वर्ष उत्कृष्ट महिला क्रिकेटरको अवार्ड प्रदान गरेको हो।

उनले रुबिना क्षेत्री बेलबासे, इन्दु बर्मा, करुणा भण्डारी तथा सरिता मगरलाई यस अवार्डको प्रतिस्पर्धामा पछाडि पारिन्।