बैशाख ९, २०८१ आईतबार

नेपालमा पहिलोपटक कोरोना संक्रमित महिला सुत्केरी, आमा र शिशुको स्वास्थ्य सामान्य



वीरगञ्ज – कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएपछि आइसोलेशनमा रहेकी एक महिलाले वीरगन्जस्थित गण्डक अस्पतालमा बच्चा जन्माएकी छन् ।

गण्डक कोभिड अस्पतालका कोर्डिनेटर डा. उदयनारायण सिंहले आमा र शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए । बिहीबार साँझ सुत्केरी व्यथाले च्यापेपछि सुत्केरी गराउन ३१ वर्षिया महिलालाई नेशनल मेडिकल कलेजको प्रसूती गृहमा लगेर भर्ना गरिसकिएको थियो ।

संक्रमित महिला सुत्केरी गराउनका लागि मेडिकल कलेजमा भर्ना भएको खबर पाएपछि कोभिड अस्पतालका चिकित्सकले राती १ बजेतिर महिलालाई कोभिड अस्पतालमा ल्याएका थिए । बिहीबार राती अबेर आएको पीसीआर रिर्पोटमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

साँझ नै सुत्केरी व्यथाले च्यापेपछि उनलाई नारायणी अस्पताल भर्ना गरिएको थियो । प्रसुती गराउनु पूर्व कोरोना परीक्षणका लागि स्वाब संकलन गरी परीक्षण गरिएको थियो । परीक्षणका क्रममा उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

कोभिड अस्पतालमा सुत्केरी गराउने दक्ष जनशक्ति नभएकाले बाहिर अन्य अस्पतालबाट नर्सलाइ बोलाएर ,बिहान ४ बजेर १० मिनेट जाँदा बच्चाको जन्म भएको र आमा तथा शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको डा. सिंहले बताए ।

नवजात शिशुमा कोरोना भाईरसको संक्रमण छ छैन भनी परीक्षण गर्न स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि शुक्रबार बिहान नारायणी अस्पतालको प्रयोगशालामा पठाइएको डा. सिंहले जानकारी दिए । आईसोलेसनमा बच्चा जन्मिएको नेपालमा सम्भवत यो नै पहिलो घटना हो ।