बैशाख १४, २०८१ शुक्रबार

कुनै दीर्घरोग नभएकी २५ वर्षीया युवतीको कोरोना संक्रमणको १६ दिनपछि मृत्यु



नेपालगञ्जमा कोरोना संक्रमणका कारण २५ वर्षीया युवतीको मृत्यु भएको छ । धनगढीको सन्तोषी टोल घर भई नेपालगञ्ज उपमहानगरपालिका – ९ बस्ने २५ वर्षीया दीपा कुँवरको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा आज मृत्यु भएको हो ।

१६ दिन अघि भदौ ३० गते कोरोना पुष्टी भएकी कुँवरलाई त्यहीँ दिन नै भेरी अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो ।

कोरोनाका कारण उनको दुबै तर्फको फोक्सोमा निमोनियाको समस्या देखिएको उनलाई निरन्तर स्वास्थ्यमा जटिलता देखिएपछि प्लाज्मा थेरापी र रेमडिसिभिर दिएर उपचार गरिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

चिकित्सकका अनुसार उनलाई दीर्घरोग वा अन्य स्वास्थ्य समस्या नभएको कारण उनको निधन कोभिड १९ कै कारण भएको हो ।

आज बिहान ११ बजे स्वास्थ्य अवस्था जटिल बनेको र भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । तर, बेलुकी पौने ५ बजे उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।