बैशाख १४, २०८१ शुक्रबार

स्याङ्जाकी कोरोना संक्रमित महिलाकाे पोखरामा मृत्यु



स्याङ्जाकी ७० वर्षीया वृद्धाको कोरोना भाइरस संक्रमणको उपचारका क्रममा पोखरामा मृत्यु भएको छ ।

वालिङ नगरपालिका–५ की वृद्धाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड १९ उपचार केन्द्रमा उपचारको क्रममा निधन भएको हो ।

आईसीयू कक्षमा राखेर उपचार गरिएकी उनको शुक्रबार बिहान ८ः३५ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले बताए ।

उनका अनुसार वृद्धालाई निमोनिया लगायतका अन्य रोगको पनि समस्या थियो ।

कात्तिक ९ गते कोरोना संक्रमण पुष्टि भएपछि सो अस्पतालमा उनी उपचाररत भएपनि बचाउन नसकिएको डा. आचार्यले बताए ।