चैत्र ६, २०८० मंगलबार

संगीताको ‘आइसक्रिम’लाई अफ्रिकामा दुई अवार्ड



संगीता श्रेष्ठको सर्ट फिल्म ‘आइसक्रिम’ ले ‘अफ्रिका फिल्म फोर इम्प्याक्ट फेस्टिभल’ मा दुई अवार्ड जितेको छ।

नोभेम्बर ३ देखि ७ सम्म भर्चुअल रुपमा आयोजना भएको फेस्टिभलमा आइसक्रिमले उत्कृष्ट अभिनेतृ र उत्कृष्ट सम्पादन विधामा अवार्ड जितेको हो ।

शनिबार राति घोषणा भएको अवार्ड समारोहमा बेस्ट चाइल्ड एक्टर विधामार्फत योगिशा खत्रीले अवार्ड पाएकी हुन् । त्यस्तै ‘बेस्ट इडिटर’मा लोकेश बज्रचार्यले अवार्ड पाए ।

फेस्टिभलमा संसारभरका धेरै बजेटमा बनेका र प्राविधिक रुपमा राम्रा फिल्म भएपनि आफ्नो फिल्म आइसक्रिमले दुईटा अवार्ड जितेकोमा एकदमै खुसी लागेको निर्देशक संगीता श्रेष्ठले बताइन् ।

ुएकदम खुशी छु । पाँच वटा विधामा यो फिल्म मनोनयनमा पर्दासमेत अवार्ड जितिन्छ भन्ने लागेको थिएन । तर आयोजकले दुई विधामा मेरो फिल्मले अवार्ड जितेको घोषणा गर्दा म अच्चमित भएँ । सोचैकै थिइन अवार्ड जित्छ भनेर,ु संगीताले आफ्नो खुशी बाँडिन् ।

९ मिनट लामो फिल्म बाल यौन शोषणमाथि आधारित छ । सडकमा पैसा माग्दै हिँड्ने एक बालिकामाथि फिल्मको कथा घुमेको छ । फिल्मले समाजको अँध्यारो पक्षलाई समेटेको संगीता बताउँछिन् । ुआइसक्रिमले हाम्रो समाजका छोरीहरु बलात्कार, यौन शोषणमा कसरी पर्छन् भन्ने देखाएको छ । हाम्रा छोरीहरुलाई हामीले यस किसिमको अपराधबाट बचाउनुपर्छ भन्ने उद्देश्य हो फिल्मको,ु उनले भनिन् ।

अफ्रिकी फिल्म फेस्टिभलमा नेपाली लघुचलचित्र ‘आइसक्रिम’ छनोट
संगीतका अनुसार यो फिल्म ुअफ्रिका फिल्म फोर इम्प्याक्ट फेस्टिभलुसँगै अमेरिकाको ुबेस्ट अफ ल्याटिन अमेरिका सर्ट फिल्म फेस्टिभलु, युकेको ुफस्ट टाइम फिल्ममेकर सेसन्सु, इटालीको इन्टिमलेन्ट फिल्म फेस्टिभल र नेपालको मानव अधिकार फिल्म फेस्टिभल २०२० मा छनोट भइसकेको छ । सञ्‍चारकर्मी हुँदै फिल्म निर्देशनमा सक्रिय संगीताले यसअघि ‘कथा काठमाण्डू’ निर्देशन गरेकी थिइन् ।