बैशाख १, २०८१ शनिबार

विदेशमा अलपत्र महिलालाई आप्रवासी महिला कामदार समूहले निःशुल्क उद्धार गर्ने



काठमाडौं। वैदेशिक रोजगारीमा गई कागजपत्रविहीन भएर अलपत्र परेका नेपाली महिलाहरुलाई आप्रवासी महिला कामदार समूह (आमकास नेपाल) ले निःशुल्क उद्धार गर्ने भएको छ ।

विभिन्न देशमा अवैधानिक भइ स्वदेश फर्किन नसकेर अलपत्र अवस्थामा रहेका महिला कामदारलाई निःशुल्क उद्धार गर्ने तयारी थालिएको आमकास नेपालकी प्रमुख विजया राई श्रेष्ठले बताइन् ।

संस्थाले दूतावास तथा एनआरएनएसँग समन्वय गरेर उनीहरुको ट्राभल्ल डकुमेण्ट बनाइदिने, टिकट काट्ने पैसा नभएका महिलाहरुलाई हवाई टिकट उपलब्ध गराउने र जनाइएको छ । संस्थाले कोरोना परीक्षणको खर्चसमेत व्यहोरेर उद्धार गरी ल्याइएका महिलाहरुलाई काठमाडौंमा आवासको पनि व्यवस्था गर्ने श्रेष्ठको भनाइ छ ।

‘वैधानिक कामदारहरुलाई त सरकारले पनि सहयोग गरिररहेको छ। तर, अवैधानिक महिलाहरुको अवस्था झन दर्दनाक छ’, उनले भनिन्, ‘ त्यसैले हामीले त्यस्ता महिलाहरुको उद्धार गर्न लागेका हौँ।’ पहिलो चरणमा १५ जनाको उद्धार गर्ने तयारी गरेको संस्थाले क्रमशः अरुको पनि उद्धार गर्ने उनको भनाइ छ।

आमाकस नेपालले विदेशमा विभिन्न समस्यामा परेर फर्किएका महिलालाई मनोपरामर्श, कानुनी सहयोग, मेडिकल तथा आवासको व्यवस्था गर्दै आएको छ । त्यस्तै कोेरोना महामारीकै बीचमा विदेशबाट फर्किएका १५० जना महिलालाई विभिन्न किसिमका सहयोग पनि गरिरहेको अध्यक्ष श्रेष्ठको भनाई छ ।

विदेशमा अवैधानिक भइ बसेका र समस्यामा परेका महिलाले आमाकास नेपालको फोन नम्बर ०१४३७३९६३ वा ९८४१४०४३३७ मा सम्पर्क गर्न सक्ने र उनीहरुलाई आवस्यकता अनुसारको सहयोग उपलब्ध गराइने श्रेष्ठको भनाई छ । डिसी नेपालको सहयोगमा