बैशाख ८, २०८१ शनिबार

नेकपा विभाजनपछि चिनियाँ राजदूतको दौडधूप, राष्ट्रपति र पूर्व प्रधानमन्त्रीसहित ५ जनासँग भेट



काठमाडाैं । सत्तारूढ दल नेपाल कम्युष्टि पार्टी (नेकपा) नेताहरु विभाजन भएर कानुनी लडाईमा रहेपछि चिनियाँ राजदूत होउ यान्छीले राजनीतिक भेटघाटलाई तीव्र बनाएकी छिन् ।

प्रधानमन्त्री ओली प्रतिनिधिसभा विघटन गरेपछि ओली समूह र प्रचण्ड–माधव नेपाल समूहले औपचारिक रुपमा फरक फरक बैठक शुरु गरेपछि यान्छीले राजनीतिक भेटघाटलाई तीव्र बनाएकी हुन् ।

राजदूत होउ यान्छीले आज शुक्रबार पूर्व प्रधानमन्त्री माधव नेपाल र पुर्व सभामुख कृष्णबहादुर महरासँग भेटवार्ता गरेकी छिन् । भेटमा पछिल्लो राजनीतिक अवस्थाको बारेमा छलफल भएको बताइएको छ।

नेकपाको स्थायी समितिमा नियुक्त भएका महरासंग चिनियाँ राजदूतले सत्तारुढ दल नेकपाकाको विभाजनको कारण र फेरी एकताको सम्भावनाको वारेमा चासो राखेको स्रोतको दावी छ ।

नेपालको पछिल्लो राजनीतिक घटनाक्रममा चिनियाँ चासो बढेको छ ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकै दिन राजदूत होउले शीतलनिवास पुगेर भण्डारीलाई भेटेकी थिइन् । राजदूत यान्छीले बिहीबार बिहान खुमलटार पुगेर नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेकी थिइन् ।

शुक्रबार नै उनले पूर्वउर्जामन्त्री वर्षमान पुनसँग पनि भेट गरेकी छन् ।

गत वैशाख, असार र मंसिरमा सत्तारूढ दल नेकपाभित्रको विवाद मिलाउन उनले ‘सहजीकरण’ गरेकी थिइन् । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनसँगै नेकपा विभाजन भएपछि विकसित राजनीतिक घटनाक्रम बुझ्न राजदूत होउको सक्रियता बढेको हो ।