बैशाख १४, २०८१ शुक्रबार

सीता दाहालको स्वास्थ्यमा समस्या,अवस्था खतरामुक्त



काठमाडौँ- पूर्व प्रधानमन्त्री तथा नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको स्वास्थ्यमा समस्या देखिएको छ । स्वास्थ्यमा एक्कासी समस्या देखिएपछि उनलाई मेडिसिटी अस्पताल भर्ना गरिएको छ ।

सीता दाहाल पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित छिन् । त्यसलाई प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी) भनिन्छ । यसअघि उनको अमेरिकास्थित जोन हप्किन्स अस्पतालमा समेत उपचार भएको थियो ।