चैत्र ६, २०८० मंगलबार

उ बेलाकी मिस मंगोल, मुख्यमन्त्री राईकी हुनेवाला बेहुली



सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पाले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसँग लगनगाँठो कस्ने भएकी छन् ।

संखुवासभा घर भइ हाल काठमाडौंमा बस्दै आएकी शेर्पा र भोजपुर घर भएका मुख्यमन्त्री राईबीच प्रेम विवाह हुने भएको हो ।

उनीहरुबीच आगामी माघ ११ गते आइतबार विवाह हुन लागेको मुख्यमन्त्री राईको सचिवालयले पुष्टि गरेको छ ।

काठमाडौंमा हुने विवाहमा नेकपाका सीमित नेताहरू, निकट मित्र र पारिवारिक सदस्यमात्र सहभागी हुने सचिवालयले जनाएको छ ।

को हुन ज्याङ्मु ?

११ वर्षको उमेरमा ‘मिस किड क्विन नेपाल’ मा भाग लिएकी शेर्पाले त्यसलगत्तै उनले विभिन्न ब्युटी प्याजेन्टमा सहभागी हुँदै सन् २०१८ मा मिस मंगोल नेपालको उपाधि जितेकी थिइन्। मिस मंगोल नेपाल–को उपाधि जितेसँगै चर्चामा आएकी ज्याङ्मुले विभिन्न म्यूजिक भिडिओमा अभिनयसमेत गरेकी छन्।

१९ वर्षको उमेरमा मिस मंगोल जितेकी शेर्पा अहलिे २३ वर्षकी भईन् ।

संखुवासभा घर भएपनि बाबु–आमा अमेरिकामा रहेको कारण हजुरआमासँग काठमाडौंमा बस्दै आएकी जाङ्मुको प्रारम्भीक शिक्षा काठमाडौंको अल्पाइन् भ्याली स्कुलबाट पूरा भएको हो । त्यसपछि उनले हिमालयन इन्टर मोडलबाट उच्च शिक्षा लिएकी थिइन् ।

सानैदेखि व्यूटी प्याजेन्टहरुमा भाग लिन रुचाउने शेर्पाले १३ वर्षको उमेरमा ‘मिस किड क्विन नेपाल’ मा भाग लिएकी थिइन भने मिस ई कलेज, मिस एसएलसी हुँदै ‘मिस मंगोल नेपाल–२०१८’ को उपाधि जितेकी थिइन् ।

त्यसपछि चर्चामा आएकी ज्याङ्मुले विभिन्न म्यूजिक भिडिओमा अभिनयसमेत गरेकी छन्।

के हो मुख्यमन्त्री राईको पृष्ठभूमी :

भोजपुरको दक्षिणी क्षेत्रमा पर्ने आमचोक गाउँपालिका-३ मा वुवा जागीरमान राई र आमा राम्रीमाया राईको कोखबाट २०२७ साल फागुन ११ गते जन्मेका शेरधन राई ५० वर्षकाे उमेरमा दाैडिरहेका छन् ।

अनेरास्ववियुमा २०४४ सालदेखि संगठित राई अखिलको जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य, पूर्वाञ्चल संयोजक हुँदै तत्कालिन नेकपा एमालेको राजनीतिमा सक्रिय भएका हुन् । एमालेको जिल्ला सचिव, अध्यक्ष, केन्द्रीय सदस्य, पोलिटव्यूरो सदस्य सम्म बनेका राई २०५६ सालरको संसदीय निर्वाचनमा भोजपुरबाट चुनाव जितेर कान्छो सांसद बनेका थिए ।

पहिलो संविधानसभामा पराजीत भएर २०७० को दोस्रो संविधानसभा निर्वाचनमा विजयी राईले संसदको सुशासन तथा अनुगमन समितिको सभापति हुँदै पहिलो पटक सूचना तथा सञ्चार मन्त्री भएका थिए । त्यसपछि २०७४ सालमा प्रदेश सभा निर्वाचन जितेर प्रदेश १ को पहिलो मुख्यमन्त्री बनेका हुन् ।

२०७५ साल चैत २५ गते बिराटनगरमा आयोजित एक सार्वजनिक कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री राईले प्रदेशको राजधानी र नाम जुराएपछि मात्रै बिहे गर्ने वाचा गरेका थिए। तर प्रदेश राजधानी विराटनगर कायम भएपनि प्रदेशको नाम नजुराउँदै विवाह बन्धनमा बाँधिने भएका छन् ।