बैशाख ३, २०८१ सोमबार

होटलमा लगेर परिक्षा लिने शिक्षक पक्राउ, छात्राले भनिन् ‘शिक्षकले अमर्यादित कार्य पनि गरेका थिए’



विद्यालयले सञ्चालन गरेको समयमा परिक्षा छुटाएकी छात्रालाई होटलमा लगेर परिक्षा लिने शिक्षक अमर्यादित कार्य गरेको आरोपमा पक्राउ परेका छन् । कक्षा ११ को छुटेको परिक्षा रुपातालको होटलमा लगेर लिने राष्ट्रिय माध्यमिक विद्यालय पोखराका मा अध्यनरत छात्रालाई प्रधानाध्यापक ४८ वर्षीय सूर्य तिवारी, शिक्षकहरु ४१ वर्षीय घनश्याम रेग्मी र ४० वर्षीय शिरीषकुमार बस्ताकोटी पक्राउ परेका हुन् ।

गत वर्ष दिएको परिक्षामा ऐच्छिक अंग्रेजी र शैक्षिक विधि विषयमा फेल भएकी ति छात्राले यो वर्ष मंसीरको दोस्रो साताबाट सुरु भएको परिक्षा आफ्नै कारणले छुटाएकी थिएन । कोरोना भाइरस संक्रमणका कारण समयमै हुन नसकेको बोर्ड परिक्षा विद्यालयले नै सञ्चालन गर्ने सुविधा राष्ट्रिय परीक्षा बोर्डले दिएको थियो ।

ति छात्राले आफ्नो परीक्षा छुटेको भन्दै पुन परिक्षा दिलाउन सहायक केन्द्राध्यक्ष घनश्याम रेग्मी आग्रह गरेपछि विद्यालयले उनलाई शिक्षक शिरीषकुमार बस्ताकोटीको सम्पर्कमा रहेर परिक्षा दिने व्यवस्था मिलायो । तर रेग्मीले उनलाई विद्यालयमा होइन लेखनाथस्थित रुपातालको एक होटलमा लगेर परिक्षा लिएको खुलेको छ ।

बस्ताकोटीकै मोटरसाइकलमा बसेर साँझ करिब ४ बजेतिर होटलमा पुगेकी उनले ६ बजे दुवै विषयको परिक्षा दिएपछि घर फर्कने बेला शिक्षकले अमर्यादिन व्यवहार गरेको बताएकी छन् । केही बेर झगडापछि त्यहाँबाट निस्किएकी उनी शिक्षक बस्ताकोटीकै मोटरसाइकलमा बसेर घर फर्केको बताएकी छन् ।

ढिलो परिक्षा लिएको विषयमा जानकारी पाएको विद्यालय व्यवस्थापन समितिले अध्यक्ष मोहनप्रसाद दवाडीको संयोजकत्वमा समिति गठन गरेर छानविन गर्ने क्रममा गैरकानूनी तरिकाले परीक्षा लिइएको मात्रै नभई शिक्षकबाट अमर्यादित कार्य गरेको खुलेको थियो ।

छानबिनपश्चात उक्त समितिले कारबाहीका लागि राष्ट्रिय परीक्षा बोर्डलाई जानकारी गराएको थियो । त्यसपछि बोर्डको उजुरीका आधारमा प्रहरीले शिक्षकहरुलाई पक्राउ गरेर अनुसन्धान गरेको बताइएको छ ।

परीक्षा दिनका लागि होटलमा पुगेकी छात्राले २ घण्टामै २ वटा विषयको परिक्षा सकेको, होटलमा वियर समेत पिएको र व्यवस्थापन समितिले गैरकानूनी परिक्षाको विषयमा छानविन गर्दा मात्रै आफूमाथी अमर्यादित कृयाकलापको उजुरी गरेको कारण घटना थप रहस्यमय बनेको प्रहरीले बताएको छ ।