चैत्र १६, २०८० शुक्रबार

गङ्गामायाको स्वास्थ्य अवस्था बुझ्न सचिवहरू सहित प्रहरी महानिरीक्षक अस्पतालमा



छोराको हत्यारालाई कारबाहीको माग गर्दै आमरण अनसनमा रहेकी गङ्गामाया अधिकारीको अवस्थाबारे सरकारले अस्पतालमै पुगेर जानकारी लिएकाे छ ।

गृहसचिव महेश्वर न्यौपाने र कानून सचिव ऋषि राजभण्डारी, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र काठमाडौँका प्रमखु जिल्ला अधिकारी कालिप्रसाद पराजुली सहितको टोलीले वीर अस्पतालमा पुगेर स्वास्थ्य अबस्था बारे जानकारी लिएकाे हाे । सचिवद्वयसहितको टोलीले वीर अस्पतालमा पुगेर उनको उपचार प्रबन्धबारे समेत अस्पतालका अधिकारीसँग छलफल गरेको गृह मन्त्रालयका सूचना अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए ।

टोलीले उनलाई स्वास्थ्यको ख्याल गरी अनसन तोड्न आग्रह गर्दै मागका विषयमा कानूनअनुसार आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको लामिछानेले जानकारी दिए । टोलीमा को समेत सहभागिता थियो ।

द्वन्द्वका समयमा छोरा कृष्णप्रसाद अधिकारीको हत्या भएको भन्दै दोषीलाई कारवाहीको मागसहित उहाँ लामो समयदेखि अनशनरत छिन् । अनशनकै क्रममा स्वास्थ्य अवस्था गम्भीर भएपछि अहिले उनी उपचारमा छिन्। उनका श्रीमान् नन्दप्रसाद अधिकारीको अनशनकै क्रममा निधन भइसकेको छ ।