बैशाख ७, २०८१ शुक्रबार

बुहारीले रोके १४ वर्षमा हुन लागेकाे बिवाह,



‘बेटी पढाउ, बेटी बचाऊँ’ अभियान चलेको प्रदेश २ मा झण्डै हुन लागेको बालबिबाह बुहारीहरुको पहलमामा रोकिएको छ ।

सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा नं ७ का प्रेमनाथ महतोकी १४ वर्षीया छोरीको विवाह बालबिबाह हुन लागेको जानकारी पाएपछि पुगेको मेची–महाकाली बुहारी संयुक्त आवाजका अधिकारकर्मीले रोकेका हुन् ।

सो संस्थाकी संयोजक रमा काफ्लेका अनुसार १४ वर्षीया बालिकाको लालबन्दी –१७ का रामनरेश महतोसँग विवाहको तयारी भएको थियो ।

‘बेटी पढाउ, बेटी बचाऊँ’ अभियान चलिरहेको प्रदेशमा नै नाबालिकाको विवाह हुन खोज्नु दुःखद् भएको संस्थाकी सहसंयोजक अञ्जना पन्त कडरियाले बताइन् ।

ती बालिकाको घरको परिवारिक स्थिति नाजुक रहेका कारण परिवारले विवाह गरिदिन लागेका बताइएको छ । बालिकाले विवाह भन्दा आफूले पढ्न चाहेको इच्छा व्यक्त गरेकी सहसंयोजक पन्तले जानकारी दिइन ।