बैशाख १४, २०८१ शुक्रबार

पाकिस्तानी पहिलो महिला प्रधानमन्त्री भुट्टोकी छाेरीकाे युएइका विजनेशम्यान चौधरीसँग विवाह



पाकिस्तानकी पहिलो महिला प्रधानमन्त्री बेनजीर भुट्टो तथा पूर्व राष्ट्रपति आशिफ अलि जरदारीकी छोरी बख्तावर भुट्टोले युएइका विजनेशम्यान महमूद चौधरीसँग शुक्रबार विवाह बन्धनमा बाँधिएकी छन् ।

बख्तावरका भाइ विलावलले विवाहको फोटो सेयर गर्दै बख्तावरको विवाहले धेरै वर्षपछि परिवारमा खुसीको दिन आएको बताएका छन्। ‘यस्तो लागेको छ हाम्री आमाले पनि यो खुसीको पल देखिरहेकी छन् । उनीहरु दुवैजनालाई नयाँ जिन्दगीको शुरुवातको धेरै शुभकामना छ’, उनले लेखेका छन् ।

कराचीको बिलावल हाउसमा पाहुनाहरूको उपस्थितिमा बख्तावर भुटु र महमूद चौधरीले एक अर्कालाई औंठी पहि¥याए । समारोहमा कम्तिमा एक सय देखि एक १५० पाहुनाहरु उपस्थित थिए।

विवाहमा आशिष्‌ दिन पाकिस्तान पीपुल्स पार्टी (पीपीपी) का नेताहरु, वरिष्ठ राजनीतिज्ञहरु, घर जग्गा ब्यापारी, दिग्गजहरु, प्रख्यात वकिलहरु, केहि विधायिका र नजिकका आफन्तहरु पुगेका थिए।

अक्टूबरमा कराचीको निजी अस्पतालमा सारिएको बख्तावरका बुबा आसिफ अली जरदारी पनि विवाह समारोहमा उपस्थित थिए भने भाई बिलावल भट्टू यस हप्ताको सुरूमा कोरोना भाइरसमा संक्रमित भएको कारण भिडियो मार्फत उक्त समारोहमा सहभागी थिए ।

बख्तावरले आफु र उसको बेहुला महमुद चौधरीको एक फोटो सार्वजनिक गरेकी छन्, जसको पछाडि उनकी स्वर्गीय आमा बेनजीर भुटुको तस्वीर थियो। उनकी आमाको सन् २००७ मा रावल पिण्डीमा चुनावी र्यालीमा बम विस्फोटमा मृत्यु भएको थियो ।

बख्तावर भुटुले पाकिस्तानमा जनताको आवाज बुलन्द गर्दै आएकी छन् । उनले रमजानको महिनामा पानी पिउनेलाई सजाय गर्ने कार्यलाई पाखण्डको रूपमा लिनुपर्ने बताएकी थिइन्। यो कथन पछि कट्टरपन्थीहरूले उनको कडा आलोचना गरे। उनलाई थुप्रै धम्की पनि दिइयो। उनले भनेकी थिइन् कि आतंकवादी स्वतन्त्र हिडिरहेका छन् तर, मानिसहरूलाई सजाय दिइन्छ।