बैशाख ८, २०८१ शनिबार

नेपाली सेनाले सेकेण्ड लेफ्टिनेन्टमा पहिलो पटक स्नातक पढेकाबाट आवेदन माग्याे, उमेर हद पनि २४ वर्ष



काठमाडौं – नेपाली सेनाले पहिलोपटक स्नातक अध्ययन गरेकाहरुबाट अधिकृत क्याडेट ‘सेकेन्ड लेफ्टिनेन्ट’ का लागि आवेदन आह्वान गरेको छ ।

अहिलेसम्म ‘सेकेन्ड लेफ्टिनेन्ट’का लागि शैक्षिक योग्यता प्लस टु उत्तिर्ण गरेकाहरुबाट आवेदन माग्ने गरेकोमा पहिलोपटक स्नातक तह उत्तिर्ण गरेकाहरुबाट आवेदन आह्वान गरेको हो । स्नातक तह उत्तिर्ण गरेकाहरुका लागि उमेर हद पनि बढाएर २४ वर्ष पु¥याइएको छ । यसअघि १८ देखि २१ वर्ष उमेरकाहरु मात्रै ‘सेकेन्ड लेफ्टिनेन्ट’मा भर्ना हुन पाउने व्यवस्था थियो ।

नेपाली सेना, भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले जम्मा २०० पदमा भर्ना आह्वान गरेकोमा खुलातर्फ १ सय ५ पदमा आवेदन आह्वान गरेको छ ।

त्यस्तै समावेशी तर्फ १८ महिला, २९ आदिवासी जनजाती, २५ मधेशी, १४ दलित, ५ अमर सैनिक सन्तती र ४ पद पिछडिएको क्षेत्रका उम्मेदवारले आवेदन गर्न सक्ने गरी आवेदन आह्वान गरिएको छ ।

आजदेखि फागुन २१ गतेसम्म दरखास्त दिन सकिने निर्देशनालयले जनाएको छ । जागिरका लागि आवेदन दिनेहरुका लागि भर्ना छनौट निर्देशनालय, कार्य रथी विभाग, जंगी अड्डा नारायणहिटी, पूर्वी पृतना हेडक्वाटर इटहरी, मधय पूर्वी पृतना हेडक्वाटर वर्दीबास, मध्य पृतना हेडक्वाटर हेटौडा, पश्चिम पृतना हेडक्वाटर पोखरा, मध्य पश्चिम पृतना हेडक्वाटर बुटवल, उत्तर पश्चिम पृतना हेडक्वाटर सुर्खेत र सूदुर पश्चिम पृतना हेडक्वाटर कैलाली सेनाको ८ वटा भर्ना केन्द्रमा आवेदन दिन सकिने छ।

दरखास्त दस्तुर जंगी अड्डाबाट आवेदन दिनले नेपाल नेपाल बैंकमार्फत र अन्य पृतनाहरुबाट भर्ना हुन चाहनेलाई सम्बन्धित भर्ना केन्द्रमा सोधेर जम्मा गर्नुपर्ने छ ।

उमेर हद प्लस टु उत्तिर्णका लागि १८ देखि २१ वर्ष तोकिएकोमा स्नातक उत्तिणको लागि २४ र बहालवाला सैनिकका लागि २६ वर्ष तोकिएको छ । सेनाले अनलाईन आवेदनको व्यवस्था समेत छ । भर्ना हुनका लागि नेपाली नागरिकता, शैक्षिक योग्यता तथा अतिरिक्त कृयाकलाप सम्बन्धी प्रमाणपत्र तथा फोटो पेश गर्नुपर्ने छ ।