बैशाख ५, २०८१ बुधबार

भागरथीको घटना अनुसन्धानमा ४ जनासँग कागज, चिनेजानेकैले ह’त्या भएको हुनसक्ने आशंका



काठमाडाैं – बैतडीको दोगडाकेदार गाउँपालिकास्थित जंगलमा बिहीबार वि’भत्स अवस्थामा श’व फेला परेकी किशोरी भागरथी भट्टको घटना अनुसन्धानको क्रममा प्रहरीले ४ जनासँग कागज गरेको छ ।

घटनास्थलको छेवैको सडक भएर गुड्ने सवारी साधन, विद्यालयका शिक्षक, साथी, आफन्तहरुसँग सोधपुछ गरिरहेको प्रहरीले ४ जनासँग कागज गरेको हो । पाेष्ट’मार्टम रिपाेर्ट र शरीरका विभिन्न भागमा लागेका चोट र यौ’ना’ङ्गमा देखिएको घाउ लगायत कारणले उनको ब’ला’त्का’रपछि ह’त्या भएको निष्कर्ष निकालेको प्रहरीले भागरथीले घटना बाहिर ल्याउन सक्ने डरले चिनेजानेकै व्यक्तिले ह’त्या भएको हुनसक्ने आशंका गरेको छ ।

घटनाको तथ्य पत्ता लगाउन प्रहरीले मोबाइललाई केन्द्रमा राखेर अनुसन्धान गरिरहेको छ। घटना पछि परिचालन गरेको कुकुरले श’वको नजिकै भागरथीले प्रयोग गर्ने मोवाइल फेला पारेको थियो ।

घटनास्थलमा फेला परेको भागरथीको मोबाइलमा नेपाली र भारतीय गरी दुईवटा सीम प्रयोग भएको भएपनि श’व भेटिएका बखत उक्त मोबाइल स्विच अफ रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले मोबाइल स्वीच अफ भएको समय र त्यसअघि त्यस मोबाइलमा भएको सम्पर्कलाई गोप्य राखेर अनुसन्धान गरिरहेको जनाएको छ । ‘घटनाको अनुसन्धानमा मोबाइल पनि सहयोगी बन्न सक्छ’, सुदूरपश्चिम प्रहरी प्रवक्ता मुकेश सिंहले भने । उनका अनुसार सोमबारसम्म पोष्ट’मार्टमको रिपोर्ट पनि आउने भएकोले त्यसबाट पनि अनुसन्धानका लागि थप सहयोग हुने छ ।

बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागीरथी भट्टको बिहीबार घर नजिकैको लवलेक जंगलमा श’व फेला परेको थियो । दोगडाकेदार–३ स्थित सनातन धर्म मावि खोचलेकमा कक्षा १२ मा पढ्ने भट्ट बुधबार विद्यालयबाट २ साथीहरुसँगै फर्केकी थिइन् । तर सँगै फर्केकी साथी बजारमा बसेपछि एक्लै फर्केकी उनी रातीसम्म घर नपुगेको भन्दै आमाले खबर गरेपछि आफन्तले प्रहरीलाई जानकारी गराएका थिए ।

खोजी गर्ने क्रममा बिहीबार उनको घर पुग्न २० मिनेट पैदल दूरी बाँकी रहेको अबस्थामा खोचलेक–गिरेगडा ग्रामीण सडकबाट करिब ५० मिटर तल झाडीमा श’व फेला परेको थियो । कपडा च्या तिएको अवस्थामा भेटिएको उनको शरीरका भित्री कपडामा र’गत लागेको प्रहरीले जनाएको छ । घटनास्थल नजिकै भागीरथीले प्रयोग गर्ने मोबाइल र बोकेको झोला भेटिएको छ भने मृ’तकको शरीरमा दाँतले टोकेका घा’उ र अन्य चो’टपटक पनि छन् । भागरथीका बुबाको डेढ महिनाअघि मात्र मृ’त्यु भएको थियो। त्यसयता आमा र उनी मात्र घरमा थिए। दुई जना दिदीको विवाह भइसकेको छ भने दाजु भारतमा छन्।

कञ्चनपुरमा निर्मला पन्त ह’त्या प्रकरणमा अनुसन्धान कमजोर गरेको भन्दै आलोचित बनेको प्रहरीले बैतडी घटनाको अनुसन्धान तिब्र पारेको जनाएको छ । तर पाँच दिन बितिसक्दा पनि अपराधि पत्ता लागेको छैन ।

सुदूरपश्चिम प्रदेश प्रहरीले वरिष्ठ प्रहरी उपरिक्षक(एसएसपी जनकराज पाण्डेको संयोजकत्वमा अनुसन्धान टोली गठन गरेको छ। जघन्य प्रकृतको घ’टनाको अनुसन्धान गर्ने जिम्मेवारी पाएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को नायब उपरिक्षक नेतृत्वको टोलीले पनि अनुसन्धान गरिरहेको छ।