बैशाख १३, २०८१ बिहीबार

भागरथी प्रकरण : गृहमन्त्रीलाई आफ्नै पार्टीका नेतृकाे दवाव



काठमाडौं । सत्तारुढ नेकपाका महिला नेताहरूले भागरथी भट्टका परिवारलाई न्याय दिन र अपराधीलाई कानूनको दायरामा ल्याउन गृहमन्त्री रामवहादुर थापा ‘बादल’सँग आग्रह गरेका छन् ।

आज सोमबार राष्ट्रियसभा सदस्य डा. विमला राई पौडेल, पार्वती रावल, उदया शर्मा र विघटित प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले गृहमन्त्री थापालाई भेटेर उनीहरुले बला’त्कारपछि हत्या गरिएकी किशोरीका परिवारलाई न्या दिन र अपराधीलाई कानूनको दायरामा ल्याउने विषयलाई उच्च प्राथमिकतामा राख्न आग्रह गरेका हुन् ।

हत्यारा पत्ता लगाई कडा सजाय दिन, परिवारलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्न आफूहरूले गृहमन्त्रीको ध्यानाकर्षण गराएको सांसद राईले बताइन् ।

यस्ता घटना पुनः दोहोरिन नदिन सुरक्षालाई अझ चुस्त बनाउनसमेत महिला नेतृहरूले ध्यानाकर्षण गराएका छन् । भेटमा गृहमन्त्री थापाले अनुसन्धानमा कुनै कमी नरहने र दोषीलाई चाँडै पत्ता लगाएर कडा कारबाही गरिने आश्वासन दिएका छन् ।

उनले पीडित परिवारलाई अविलम्ब राहतको व्यवस्था गरिने बताएका छन् । यहि माघ २१ गते बैतडीको दोगडाकेदार गाउँपालिकाकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको आशंका छ । प्रहरीले अनुसन्धान तीब्र बनाएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागीरथी भट्टको बिहीबार घर नजिकैको लवलेक जंगलमा श’व फेला परेको थियो ।