बैशाख २१, २०८१ शुक्रबार

मुस्कान खातुन अब मुस्लिम आयोगका सबै कार्यक्रमा विशेष बक्ता



काठमाडौं ।  मुस्लिम आयोगले मुस्कान खातुनलाई आफ्ना कार्यक्रमहरूमा विशेष वक्ताको रुपमा राख्‍ने भएको छ । आयोगले आयोजना गर्ने सबै प्रकारका औपचारिक कार्यक्रममा विशेष वक्ताको रूपमा प्रस्तुत गर्ने अध्यक्ष समिम मिया अन्सारीले बताए ।

बुधबार आयोग कार्यालयमा एसिड पिडित खातुनलाई सम्मान गर्दै अध्यक्ष अन्सारीले एसिडविरुद्धको अभियानमा खातुनको भूमिका महत्वपूर्ण हुने भएकोले विशेष स्थान दिन लागिएको बताए । मुस्कान एसिडले जलेको घाउलाई शक्तिमा बदलेर समाजमा उभिन सक्नु ठूलो साहसको काम भएकोले आयोगले सम्मान गरेको अध्यक्ष अन्सारीले बताए ।

यस्तै सम्मानित खातुनले सबैको सहयोग र सद्‍भावले आफूले पीडालाई शक्तिमा बदल्न सकेको बताइन् । आफू एसिडविरुद्ध जनचेतना जगाउन काममा सधै लाग्‍ने पनि खातुनले बताइन ।

केहि दिन अघि अमेरिकी सरकारले जलेको घाउ लिएर समाजमा क्रियाशिल भएर कार्य गरिरहेको भनेर सम्मान गरेको थियो । यस्तै नेपाल सरकारले अन्तराष्ट्रिय महिला दिवशको अवसरमा विशेष सम्मान गरेको छ ।