बैशाख १३, २०८१ बिहीबार

उच्च अदालतमा ३ महिला सहित १८ न्यायधीश सिफारिस, सर्वोच्च अदालतमा २ जना



काठमाडाैं । न्यायपरिषदले उच्च अदालतमा तीन जना महिला सहित १८ न्यायधीश नियुक्तिका लागि सिफारिस गरेको छ। परिषद बैठकले न्यायसेवाका विशिष्ट अधिकृतबाट २ जना, न्यायाधीशबाट सात जना, न्यायसेवाका राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृतबाट २ जना र कानुनव्यवसायीबाट सात जना लाई नियुक्तिका लागि सिफारिस गरेको हो।

शुक्रबारको बैठकले सर्वोच्च अदालतकी सहरजिष्ट्रार ममता खनाल, अधिवक्ताहरू श्रीधराकुमारी पुडासैनी, निर्मला शाक्यलाई न्यायधीशमा सिफारिस गरेको हो । त्यस्तै सिफारिस हुनेहरुमा नायव महान्यायाधीवक्ता नारायणप्रसाद पौडेल र कानुनसचिव ऋषि राजभण्डारी, जिल्ला न्यायाधीशहरू जगतनारायण प्रधान, माधवेन्द्र रेग्मी, पुरूषोत्तम प्रसाद ढकाल, विष्णु सुवेदी,अर्जुन प्रसाद कोइराला, अमृतबहादुर बस्नेत र मोदिनि प्रसाद अधिकारी, उच्च अदालत पाटनको हेटौंडा इजलासका रजिष्ट्रार रामेश्वर रेग्मी, अधिवक्ताहरू फुर्पा तामाङ, जगदीश घिमिरे, पुनमसिंह चन्द, सागर विष्ट, गणेश ठाकुर रहेका छन् ।

त्यस्तै परिषद्ले उच्च अदालतका बरिष्ठ मुख्य न्यायाधीशबाट कुमार चुडाल र नहकुल सुवेदीलाई सर्वोच्च अदालतमा नियुक्ति सिफारिस गरेको न्यायपरिषदले जनाएको छ।