>

जेष्ठ ३१, २०७८ सोमबार

दासढुंगा घटनाको अघिल्लो साँझ आएको त्यो फोन, जति पछि हुन्छ त्यति रहस्यमय लाग्छ



काठमाडौ – आफू पार्टीको ‘होलटाईमर’ नेता । श्रीमती र छोराछोरी पाल्ने अरु कुनै अवस्था थिएन । त्यसैले उनीहरूको सल्लाह थियो एकजनाले पूर्णकालीन राजनीति गर्ने एकजनाले योग्यता अनुसारको जागिर खाने । त्यो बेला श्रीमती एसएलसी पास गरेकी थिइन् । त्यसैले गाउँकै प्राथमिक विद्यालयमा पढाउन शुरु गरिन् । २०४६ को जन ओन्दनको सफलतासँगै राजनीतिक दलहरू खुला भए । श्रीमान पनि पार्टी चलाउन काठमाडौं आउनुपर्ने भयो । उनी पनि जागिर छाडेर पनि काठमाडौं आइन्

काठमाडौंमा उनले कृषि सामग्री कम्पनीमा सानोतिनो जागिर खाएर घरखर्च चलाउँथिन् । पार्टी संगठनको काम त छँदै थियो । दुर्भाग्य त्यतिबेलै दासढुंगा घटना भयो । घटनासँगै दुर्घटना भयो माया ज्ञवाली र जीवराज आश्रितको योजना पनि ।

‘छोराछोरीको ख्याल गर्नु’ हिँडेका श्रीमान कहिले फर्केनन् । त्यही घटनापछि आफूले जागिर गरेर श्रीमानलाई राजनीतिमा सघाएकी माया जागिर छाडेर पूर्णकालीन राजनीतिमा आइन्

दश कक्षाबाटै भूमिगत
काका सिद्धीनाथ ज्ञवाली, उनी जान्ने हुदाँ देखी नै ‘होलटाइमर’ राजनीतिक कार्यकर्ता । तीन कार्यकाल जनपक्षीय प्रधानपञ्च र त्यसपछि २०४८ को राष्ट्रिय सभाको सांसद । बुबा पनि द्वन्द्वात्मक भौतिकवादी चिन्तनको अध्ययन गर्ने, जवाहरलाल नेहरुले जसरी छोरीलाई चिठी लेखेका थिए त्यसबाट उनको बुबा प्रभावित भई छोरीलाई माया गर्नुपर्छ पढाउनुपर्छ भन्ने । ‘त्यसलाई समर्थन गर्ने स्वभावको म त्यस्तो वातावरणमा म जन्मेकी हुँ’, माया भन्छिन् ‘त्यसैले मेरो राजनीतिको प्रेरणाको स्रोत पारिवारिक वातावरण नै हो ।’

पार्टी र सङ्गठनका बैठकहरू उनको घरमै हुन्थे । उनले कम्युनिष्ट गोपनियताको कुरा त्यहीँ सिकिन् जुन बेला घरमा बैठक बस्दा उनी लगायतका ससाना केटाकेटीलाई ‘कसैलाई नभन्नु’ भनिन्थ्यो । ‘कोही आए भने सूचना दिनु भनेर हामीलाई घण्टीको डोरी समाउन पनि दिइन्थ्यो र हामीले त्यसको संकेत पनि दिन्थ्यौ’ उनी बाल्यकालको कुरा सम्झन्छिन् – ‘पुलिस भन्ने बित्तिकै हामीले समयमा खबर गर्नुपर्छ भन्ने कुरा सिक्यौँ, त्यसैले पुलिस देख्ने बित्तिकै सत्रु हो भन्ने सम्झन्थ्यौँ त्यतिखेर, तर अहिले पुलिस राष्ट्रसेवक हुन ।’

माया सिकाउने बेला सिकाइयो ‘जीवन संघर्ष हो ’
गुल्मीको बम्घाबाट मायालाई पाल्पास्थित तुलसा थापाको माइती अर्थात बामदेव गौतमको ससुराली घर पु¥याईयो, परीवारकै सल्लाहमा । बामदेव गौतम र उनका सासु ससुराले समारोहको चाँजोपाँचो मिलाए । अनि जीवराज आश्रीत र माया ज्ञवालीले एक अर्कालाई अविर माला लगाईदिए । मुठी उठाएर लाल सलाम संगै एक अर्कालाई श्रीमान श्रीमती स्विकार्ने कसम खाए । त्यहि हो ऊनीहरूको बिबाह । प्रगतिशिल विवाह ।

दश कक्षा पढ्दा सम्म त घरमै मिटिङ्ग हुने भएकोले रात काट्नेगरी बाहिर जानु परेन । तर जव उनको बिबाह भयो अनि बल्ल थाहा भयो पार्टी र संगठन गर्दाको दुःख । ‘त्यसपछि मैले थाहा पाए भुमिगत जिवनको बारेमा । राती राती हिडेर कसरी संगठन गर्नुपर्दो रहेछ भनेर’, माया भन्छिन् ।

नव विवाहित जोडीका माया प्रेमका कुरा हुन्छन्, जीवनका योजनाका कुरा हुन्छन् । तर उनलाई सिकाईयो ‘जीवन संघर्ष हो’ भनेर । ‘त्यस्तो वातावरणमा म थिँए कि श्रीमान ‘होलटाइमर’ कार्यकर्ता भएकोले मैलै मेरो योग्यता अनुसार आफ्नो खुट्टामा टेकेर बाँच्ने र श्रीमानलाई राजनीतिमा सहयोग गर्ने भन्ने सल्लाह भयो’ उनी सम्झन्छिन् ‘पछि त्यही अनुसार नै हाम्रो जीवन त्यसरी चल्यो ।’

मौखिक सम्झौता बमोजिम विवाहपछि उनले श्रीमानलाई पुर्णकालिन कार्यकर्ताको रुपमा समय दिने गरी व्यवस्था मिलाईदिईन् । ‘मेरो शैक्षिक योग्यता प्राइमरी लेभलको शिक्षिका बन्ने मात्र थियो, त्यसकारणले मैले शिक्षिका भएर खर्च जुटाउँदै संगठनमा काम गर्न लागेँ’ त्यो बेलाको आफ्नो संघर्ष सम्झँदै माया भन्छिन् ‘पछि छोराछोरीलाई हुर्काउने जिम्मा पनि मेरो काधँमा आयो पार्टीको निर्णय अनुसार । त्यसैले बच्चाबच्ची हुर्काउने, अनि पार्टीमा उहाँलाई स्वतन्त्र ढंगले पुर्णकालिनमा सहयोग गर्ने ।’ तर उनी अनेमसंघको सदस्य हुँदै पार्टीको केन्द्रिय सदस्यसम्म पुगिन् ।

श्रीमान संग वर्षमा २/३ पटक मात्र भेट
आश्रीत पूर्णकालीन नेता । पार्टीका कार्यक्रममा डुलिरहनुपर्ने । त्यो बेला श्रीमान श्रीमतिको सम्पर्कको माध्यम भनेको कहिलेकाँही चिठीपत्रहरु आउँथे, कहिले नेता कार्यकर्तामार्फत समाचारहरु । तर उनीहरु दुःख भन्ने अनुभूति गरेनन् । ‘म त्यस्तो नकरात्मक ढगले कहिलेपनि साेँचिन, जनताको सेल्टरमा न्यानो काखमा सुरक्षित हुनुहुन्छ भन्ने नै लाग्थ्यो’ माया भन्छिन ‘उहाँ अपहरण हुनुभयो की, पक्राउ पर्नुभयो कि ? केही भयो कि भनेर कहिल्यै लिइन ।’

निजी जिवन भन्दा पनि पार्टीलाई पूर्ण सहयोग गर्ने र आश्रीत पुर्णकालिन कार्यकर्ता हुने समझदारीमै बिबाह भएकोले उनले भेटघाट भन्दा पनि जनताको समस्या महत्वपुर्ण ठानिन् । ‘त्यो बेला हाम्रो बर्षमा दुई तीन पटक बाहेक भेटघाट हुदैन्थ्यो, न मेलापर्वले छुन्थ्यो’, उनी भन्छिन ‘हामी त्यसमै रमाउथ्यौँ पार्टी काममै, जनताको मुक्तीको लागि लागेको हो भनेर उहाँले सम्झाउनुहुन्थ्यो । तर म कहिले पनि विचलित भइन बरु म आफै उहाँलाई सहज वातावरण सिर्जना गर्थेँ ।’

दासढुंगा घटनाको अघिल्लो साँझ अपरीचितको त्यो फोन 
समझदारीमै जीवन चलेको थियो । १७ बर्ष शिक्षण पेशामा आवद्ध भएकी उनी देशमा प्रजातन्त्र आएर पार्टी खुल्ला भएसंगै श्रीमानसंग काठमाडौं आईन् । खर्च जुटाउने जिम्मा उनकै थियो । त्यसैले कृषि सामग्री कम्पनीमा काम गरेर खर्च जुटाउन थालिन् । संस्थानमा काम गरेपनि केही समय छुट्याएर पार्टीकै लागि लगाईन् । ‘पार्टीको सदस्यता २०४१ सालमा ल्याएँ, परीस्थितीले आफू पुर्णकालिन चाहिँ नसकेपनि श्रीमान र पार्टीलाई पुर्णरुपमा सघाएँ’, त्यो बेलाको योजना सुनाउँदै उनी भन्छिन् ‘निश्चित समयपछि म पनि श्रीमानसंगै पूर्णकालीन राजनीतिमा आउने भन्ने सोँच थियो ।’ तर त्यो सोँच पूरा नहुँदै अकस्मात आयो त्यो ‘अलक्षिना ठाउँ’ दासढुंगा ।

२०४८ को निर्वाचनमा प्राविधीक कारणले पराजय व्यहोर्नुपरेपछि उनीहरु काठमाडौं बस्न थालेको त्यस्तै एक ढेड बर्ष भएको थियो । पार्टीको महाधिबेशन नजिकिएकोले त्यही तरखरमा हुदाँखेरी आश्रीत व्यस्त थिए । ‘छोराछोरीको ख्याल गर्नु’ भनेर हिँडेका मान्छे पार्टीकै काममा कहाँ कहाँ पुग्थे, फोन सम्पर्कको लागि पनि समय मिल्दैनथ्यो ।

२०५० साल जेठ २ गते, त्यस्तै साँझ पर्न लागेको थियो । उनको घरमा फोन आयो । अपरीचित पुरुषले मदन आश्रीतलाई सोध्यो । उनले पोखरा गएको जवाफ दिएपछि उसले जे वाक्य निकाल्यो त्यसको रहस्य उनले अहिलेसम्म बुझेकी छैनन् । ‘कहाँ हुनुहुन्छ मदन आश्रित भनेर सोध्यो, पोखरा जानुभएको छ कार्यक्रममा भनेर मैले जवाफ दिदाँ खेरी अँ पोखरा घुम्न गको होइन, ‘अब खोलैखोल ग’को हो नफिर्किने गरी’ भनेर भन्यो’, उनी त्यो दिन सम्झन्छिन् ‘त्यो वाक्यको न मैले अर्थ बुझ्छु, न फेरी फोन गर्न कलरआईडि छ । भन्यो गयो । त्यसले कुन अर्थमा भन्याथ्यो । जति पछि हुन्छ त्यो शब्द केही रहस्यमय रहेछ कि भन्ने हुन्छ । त्यो शब्द अहिले बिझाइरहन्छ । पछि मलाई कसैले सोध्दा पनि अहिलेसम्म यो शब्द निकालेकी छैन ।’

कसरी थाहा भयो मृत्यूको खबर ?
घरबाट हिँड्ने बेला पुर्वसम्म पनि जाने हो, भनेर पोखरा हिँडेको मान्छेको बारेमा त्यसरी फोन आयो । तर केहीबेरपछि घरमा पार्टी नेता कार्याकर्ता जम्मा हुन थाले । प्रदिप नेपाल, भरतमोहन अधिकारीहरु जम्मा भए । केहीबेर टिभीमा आयो, दासडुंगामा दुर्घटना भयो भनेर । उनलाई लाग्यो ‘दुर्घटना भएपछि नेताहरु जम्मा भए होलान’ । तर मान्छे धेरै जम्मा हुने, यता फोन गर्ने गर्दागर्दे त्यसमा आश्रीत पनि परेको भन्ने उनले थाहा पाईन ।

घटनाको खबर सुनेपछि पनि उनी ढुक्क हुन सकिनन्, जवसम्म उनको आँखाले शव देखेन । तर दशरथ रंगशालामा शव ल्याएपछि भने उनको आत्माले माया मा¥यो । ‘उहाँहरुको शब नदेख्दा सम्म विश्वास नै लागेन, होइन होला भन्ने पनि लाग्थ्यो’ उनि त्यो घटना सम्झन्छिन् ‘त्यो गाडी यताउता भयो उहाँहरु छुट्टै हुनुहुन्छ भन्ने लाग्थ्योे । जब उहाँहरुको लास भेटिएको कुरा आयो त्यसपछि घटनाघटेको रहेछ भन्ने भयो । त्यसपछि त आत्माले माया मा¥यो ।’

श्रीमान वितेपछि जागिर छुट्यो
त्यतिबेला उनी कृषि सामग्री संस्थानको करार जागिरे काजमा संसदिय दलको कार्यालयमा काम गर्थिन् । आश्रितको निधन अघि र पछि गरेर सात वर्ष करारमा काम गरीन । तर २०५२ मा भएको स्थायी जागिरको लागि उनी फेल भईन् । राधाकृष्ण मैनाली कृषी मन्त्री थिए तर न उनले जागिरको लागि भनिन न मन्त्रीले उनका लागि कुरा गरे । त्यसपछि उनको करारको जागिर पनि गयो । ‘भन्नै पर्ने साथीहरुले भन्नुभयो । नभनेका कारण मेरो नाम आएन’, उनले भनिन् ‘पछि पार्टीमा काम गरियो केही समय ।’
त्यो बेला छोराछोरी सानै थिए । छोरा भर्खर तीन चारको परिक्षा दिदै, छोरीले सात कक्षाको सातको परीक्षामा । नेताको देहावसानपछि नेतापत्नीको जागिर पनि गयो तर पनि उनको परीवारको बारेमा कसैलाई ध्यान भएन । जागिर छाडेपछि के गर्ने भन्ने अन्यौल भयो । एकजना कामरेडले बैंकमा काम गर्नुस, म सिफारिस गर्छु भनेपछि एक हप्ताजति काम गरीन तर चित्त नबुझेपछि अब राजनीतिमै केही गर्नुपर्छ भन्नेतिर लागिन् । ‘जेनतेन चल्छ, नभए सिंगो पार्टी छ भनेर लागेँ पार्टीमा,’ उनले भनिन् ‘कतिपय उदार दिल भएका उहाँका व्यक्तिगत साथीहरु र पार्टीमा पनि केही त्यस्ता विचारमा सहयोग गर्ने साथीहरुको सहयोगमा बालबच्चा हुर्काएँ ।’

दुःखका भँगलाहरु पुर्दै जानुपर्छ
राजनीतिमा लाग्नेवित्तिकै बिबाह, बिबाह पछि पनि श्रीमानसंग टाढा । पार्टी खुला राजनीतिमा आएपछि खुसीसुखि हुने एउटा ईच्छा थियो तर त्यो पनि जुरेन । आफ्नो सोँच र सपना टुक्रेको त्यो दिन नै उनको लागि ठूलो दुःखको दिन हो । उनी भन्छिन् – ‘त्यो दिन मेरो लागि मात्रै भएन, पार्टी, देश र सिंगो नेपाली जनताहरुकै लागि दुःखको क्षण हो ।’ तर फेरी आफै चित्त बुझाउँछिन – ‘जिन्दगीमा धेरै दुखका क्षणहरु आइरहन्छन् । ती भँगलाहरु पुर्दै जानुपर्छ ।’

यहिँ सोँचका कारण पनि उनी सँधै पिडा लिएर बस्ने मान्छेको रुपमा आफूलाई राखिनन् । भुमिगत कालमा सहेको पिडाको सम्झेर उनले जिन्दगीका हरेक विहान, हरेक दिनलाई जीवनका हरेक खुसीको रुपमा लिईन् । ‘जीवन एउटा खुसी नै हो । जिन्दगी उत्सव हो ।’ उनी भन्छिन् ।

तर उनलाई सबैभन्दा खुसी त्यो दिन लागेको थियो, जुन दिन नेपालमा पार्टी प्रतिबन्धबाट फुकुवा भए । ‘देशमा नेताहरु खुलेआम हिड्न पाउनुभयो । पञ्चायतीको निरकुशता जब हट्यो त्यही नै मेरो लागि खुसीको दिन थियो’ उनले भनिन् ‘किनकी धेरै जनताले मुक्ती पाएको दिन पनि थियो । त्यही नै खुसी हो ।’

अझैपनि उहाँहरुको बिषयमा खोजविन गर्नुपर्दछ भन्ने माग छ
पार्टी महासचिव र संगठन विभाग प्रमुखको रहस्यमय मृत्यूको विषयमा त्यतिबेला तत्कालिन एमालेबाट कुरा उठ्यो तर पार लागेन । संघर्ष पनि भयो तर पछि सबै रहस्यको केन्द्र ड्राइभर अमर लामा त्यसलाई सुरक्षित राख्न नसक्नु उनको बिचारमा गल्ती हो । ‘सबैभन्दा ठुलो गल्ती अमर लामालाई सुरक्षित राख्न नसक्नु हो । उसको हत्या गरिएपछि शंका गर्ने ठाउँ धेरै छन्’ उनले भनिन् ‘अहिले दुई तिहाइ बहुमत प्राप्त पार्टी सरकारमा छ । तर त्यस्तो चासो लिएको छैन । यसकारण पनि मलाई चिन्ता छ । हाम्रो मात्र प्रयासले पुगेन । पार्टीले अझैपनि उहाँहरुको बिषयमा खोजविन गर्नुपर्दछ भन्ने मेरो माग छ ।’

रहस्यमय दुर्घटनामा श्रीमानको निधन । न खोज न अनुसन्धान । तर पनि पिडा प¥यो भनेर दुःख मनाएर बस्ने मान्छे उनी परीनन् । बरु संघर्षको मैदानमा डटेर लागिन् । अव भने उनलाई श्रीमान जन्मेको ठाउँलाई पनि केही गरौँ भन्ने लागिरहेको छ । ‘जहाँ जिवराज आश्रित जन्मनुभयो, त्यो ठाउँलाई राष्ट्रिय रुपमै चिनाउनको लागि राष्ट्रिय योजना अन्र्तगत त्यो कुराहरु लानुपर्छ भन्ने मेरो सोँच छ’ उनले भनिन् ।

अब महिलाले पनि महिला नेतृत्व विकासका लागि काम गर्नुपर्छ
संघर्ष र क्रान्तिबाट महिला अधिकार र प्रतिनिधीत्व स्थापित हुन सकेकोमा उनको मनमा खुसी छ । स्थानीय तह देखि संघिय संसदमा पनि अनिवार्य महिला सहभागीता र रोजगारीमा पनि महिलाको प्रतिनिधीत्वमा आफूहरुको संघर्ष मिसिएको छ । ‘यो बुझेर एक जना महिलामन्त्रीले मात्रै होइन की सचिवालयले पनि महिला नेतृत्वको निम्ती विकास गर्नलाई सहयोग पुयाउनुपर्छ’ उनि भन्छिन् ‘विगतमा यी महिला मन्त्रलाय अन्र्तगत रहेका महिला विभागमा रहेका ती विभागको नेतृत्व सम्हालेका महिलाबाट पनि यो कोशिस हुनुपर्छ ।’