बैशाख १२, २०८१ बुधबार

आमालाई बचाउदा छोराको मृत्यु



करेण्ट लागेकी आमालाई बचाउने क्रममा सिरहामा एकजनाको मृत्यु भएको छ ।

करेण्ट लागेर कर्जन्हा नगरपालिकामा ६ का २० वर्षीय अश्वनीकुमार झाको मृत्यु भएको हो ।

चापाकलमा जडान भएको मोटरमा नुहाउने क्रममा झाकी आमालाई करेन्ट लागेको थियो । आमालाई बचाउने प्रयास गर्दा अश्वनीकुमारको करेन्ट लागेर मृत्यु भयो ।

करेन्ट लागेर झाकी आमा भने गम्भीर घाइते भएकी छन् । उनको उपचार कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पतालमा भइरहेको छ ।

आमालाई बचाउन पुगेका छोराकै मृत्यु भएपछि स्थानीय शोकमा डुबेका छन् ।