>

मंसिर १७, २०७८ शुक्रबार

इन्द्रावती गाउँपालिका उपाध्यक्ष मीरा लामाको निधन



सिन्धुपाल्चोकको इन्द्रावती गाँउपालिका उपाध्यक्ष मीरा लामा अधिकारीको निधन भएको छ ।

कांग्रेस जिल्ला सभापति विकास लामाकी धर्मपत्नी समेत रहेकी मीराको बोन म्यारोमा देखिएको क्यान्सरका कारण निधन भएको हो ।

उनको पार्थिव शरीरलाइ जोरपाटीको माकलबारीस्थित गुम्बामा श्रद्धान्जलीका लागि राखिएको छ । आइतवार अन्त्यष्टी हुने भएको छ ।

६१ वर्षीया मीराको निधनप्रति गाउँपालिका महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले दुःख व्यक्त गरेका छन् ।