चैत्र १६, २०८० शुक्रबार

गुल्मीमा ४ उपाध्यक्षले दिए दोस्रो कार्यकालका लागि उम्मेदवारी



एक कार्यकाल गाउँपालिका उपाध्यक्ष भइसकेका व्यक्तिमध्ये गुल्मीमा ४ जनाले दोस्रो कार्यकालका लागि उम्मेदवारी दिएका छन् ।

१२ स्थानीय तहमध्ये कालिगण्डकी, चन्द्रकोट, इश्मा र मदाने गाउँपालिकाका उपाध्यक्ष दोस्रो कार्यकालका लागि उम्मेदवार बनेका हुन् ।

सत्तारुढ गठबन्धनबाट कालिगण्डकी गाउँपालिका उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाकी तारा थापाले उम्मेदवारी दर्ता गरेकी छन् ।

त्यस्तै नेकपा एमालेबाट चन्द्रकोट गाउँपालिकामा राधिका अर्याल, इश्मा गाउँपालिकामा बिमला खत्री र मदाने गाउँपालिकामा सरिता खड्काले दोस्रो कार्यकालका लागि उम्मेदवारी दिएका छन् ।