बैशाख २१, २०८१ शुक्रबार

छालाको चमक बढाउने घरेलु उपायहरु



काठमाडौं । जाडो याममा छालाको विशेष ख्याल राख्नुपर्छ । किनभने यति बेला बाह्य वातावरण सुख्खा हुन्छ । त्यसैको प्रभावले छाला रुखो हुन्छ, फुट्छ । छालाको चमक हराउँछ ।

जाडो मौसममा छालाको सौन्दर्य कायम राख्नु चुनौती पनि हो ।यति बेला चल्ने चिसो तथा सुख्खा हावाको प्रभाव छालामा पर्छ । यसले छालाको मुलायमपन र चम्किलोपन नष्ट गर्छ । त्यसैले जाडो मौसममा छालालाई जोगाउन निम्न कुरामा ध्यान दिनुपर्छ ।

नुहाउनुभन्दा अघि तिलको तेलमा बेसन र थोरै बेसार मिलाएर लेदो बनाइ छालामा लगाउने र १०(१५ मिनेटपछि पानीले धुने गर्नाले छालामा नौलो चमक आउँछ ।

बेसार र श्रीखण्डको बराबर भागको मिश्रणमा पानी राखी लेदो बनाउने र राती सुत्दा लगाउने गर्नाले दुई हप्तामा छाला नरम, स्वस्थ र सुन्दर भएर आउँछ ।

वेसन र दहीमा कागतीको रस निचोरेर पटक पटक अनुहारमा लेप लगाउने र केही बेरपछि धुने गर्नाले छाला नरम, स्वस्थ र सुन्दर देखिन्छ ।