बैशाख २१, २०८१ शुक्रबार

किन दुख्छ महिनावारीको समयमा अत्याधिक पेट ?



एजेन्सी । महिनावारीको समयमा हुने धेरै समस्याहरूको कारणमध्ये एक इन्डोमेट्रिओसिस हुन सक्छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का अनुसार विश्वभर करिब १९ करोड महिला इन्डोमेट्रिओसिसबाट पीडित छन् । इन्डोमेट्रिओसिस महिलाहरूलाई हुने समस्या हो ।

यस अवस्थामा, गर्भाशय भित्र बढ्दै गएको एन्डोमेट्रियम टिस्यु यसको बाहिर पनि फैलिन थाल्छ । हिलेकाहीँ सो टिस्यु आन्द्रा र अन्य प्रजनन अङ्गहरूमा पनि फैलिन सक्छ ।

इन्डोमेट्रिओसिसले पाठेघरलाई नराम्ररी असर गर्न सक्छ । कहिलेकाहीँ इन्डोमेट्रिओसिसले धेरै दुखाइ दिँदैन । कतिपय अवस्थामा महिलामा यो रोगको लक्षण पनि देखिँदैन ।

महिनावारी र यौनसम्पर्कको समयमा तल्लो ढाड तथा पेट दुख्ने, महिनावारीको समयमा अत्यधिक रक्तस्राव हुने, पिसाब गर्दा दुखाइ हुने (विशेष गरी महिनावारीको समयमा), महिनावारीको समयमा थकान, डापखाला र कब्जियत हुनु इन्डोमेट्रिओसिसका केही लक्षण हुन् ।

एन्डोमेट्रिओसिस भएमा महिलाहरूलाई गर्भधारण गर्न गाह्रो हुन सक्छ । यसले फलोपियन ट्युब र अण्डाशयलाई असर गर्छ, जसले महिलाहरूमा महिनावारीको समयमा अत्यधिक रगत बग्ने र दुखाइ निम्त्याउन सक्छ ।

इन्डोमेट्रिओसिस महिलामा बाँझोपनको कारण समेत बन्नसक्छ । इन्डोमेट्रिओसिसले महिलाको अण्डाशयमा रहेको अण्डालाई हर्मोनको वातावरण परिवर्तन गरेर क्षति पुर्‍याउँन सक्छ, जसले पेल्भिक क्षेत्र सुन्निन सक्छ ।

इन्डोमेट्रिओसिसलाई स्टेज–१ (न्यूनतम), स्टेज–२ (हल्का), स्टेज–३ (मध्यम) र स्टेज–४ (गम्भीर) गरि विभिन्न वर्गमा विभाजन गरिएको छ । स्टेज(१ र २ मा महिलाहरूलाई धेरै उपचार आवश्यक पर्दैन ।

यस्तो अवस्थामा सामान्य उपचार गरेर गर्भधारण गर्न सकिन्छ । स्टेज(४ पुगेका महिलाको अण्डाशय बिग्रन्छ र फलोपियन ट्युब बन्द हुन्छ । यस चरणमा महिलाहरू बाँझो हुन सक्छन् र यसको नियमित उपचार गराउनुपर्छ ।