बैशाख ८, २०८१ शनिबार

गर्भावस्थामा हुनुहुन्छ पैदल हिँड्नुहाेस यस्ताे फाइदा हुन्छ



आमा र बच्चाको लागि गर्भावस्था अत्यन्त संवेदनशील अवस्था हो । एकातिर गर्भावस्थामा आमा र बच्चाको स्वास्थ्यका लागि शारीरिक अभ्यास आवश्यक हुन्छ भने अर्काेतिर गलत अभ्यासले पेटभित्र रहेको बच्चालाई जोखिम पनि उत्तिकै हुन्छ । यस्तो अवस्थामा गर्भावस्थामा कस्तो व्यायाम शैलीलाई अपनाउन सकिन्छ ?

न्युरोड र थापाथलीमा फिटनेस ग्यारेज सञ्चालन गर्दै आएका सुरेश सुवेदी गर्भवतीहरुले गर्ने फिटनेस शैली फरक भएपनि त्यसको लागि चिकित्सकसँगको परामर्श भने अनिवार्य गरिएको छ । ‘हामी गर्भवतीको अभ्यासको लागि चिकित्सकको परामर्श अनिवार्य गरेका छौं’ सुवेदी भन्छन् ‘पहिले नै खेलकुदमा सक्रिय भएकाबाहेक अरु गर्भवतीको लागि प्रायः मेसिनको प्रयोग गरेर गर्ने अभ्यासमा सहभागी गराइँदैन । गर्भवतीको लागि वाकिङ र योग नै सर्वाेत्तम व्यायाम हो ।’

गर्भवतीले एक्सरसाइज गर्दा ध्यानदिने कुराहरू:

यदि तपाईं गर्भवती हुनुभन्दा पहिले सक्रिय हुनुहुन्न भने अचानक कडा व्यायाम नलिनुहोस् । यदि तपाईं एक एरोबिक व्यायाम कार्यक्रम सुरू गर्नुहुन्छ (जस्तै दौड, पौडी, साइकल वा एरोबिक्स वर्ग) भने प्रशिक्षक र चिकित्सकसँग परामर्श लिएर मात्रै त्यस्तो व्यायाम गर्नुहोस् । सामान्यतया गर्भावस्थामा निम्न विषयलाई ध्यान दिनुपर्छ ।

–सबैभन्दा पहिले गर्भवतीले आफूले एक्सरसाइज गर्नुहुन्छ कि हुँदैन ? भन्ने कुरा यकिन गर्नुपर्छ ।
– यदि एक्सरसाइज गर्न मिल्ने अवस्था छ भने कस्तो खाले अभ्यास गर्ने ? भन्नेमा यकिन गर्नुपर्छ ।
– गर्भवतीको शारीरिक अभ्यासका लागि ‘वाकिङ’ सबैभन्दा उपयुक्त विधि रहेको सुवेदी बताउँछन् ।
– गर्भवतीहरूका लागि शरीर तन्काउने र कुनैपनि उपकरण प्रयोग नगरी गरिने अभ्यासहरु उपयुक्त हुने गर्छ ।
– सुवेदी गर्भवतीहरुको लागि योगा उपयुक्त अभ्यास विधि हो ।
– पहिलेदेखि नै एक्सरसाइज गरिरहेका खेलाडी वा अन्य शारीरिक अभ्यासमा सक्रिय महिलाहरुको लागि उपकरणको प्रयोग गरेर गरिने अभ्यास पनि उपयुक्त हुन सक्छ ।
– सधैंभरि अभ्यास गर्नुभन्दा अघि वार्मअप गर्नुपर्छ ।
– दैनिक आफ्नो शरीरलाई शारीरिक रूपमा सक्रिय राख्ने प्रयास गर्नुहोस् । एउटी गर्भवतीको लागि प्रत्येक दिन ३० मिनेट हिँड्न पर्याप्त हुन सक्छ ।
– गर्मी मौसममा कडा व्यायाममा उपयुक्त हुँदैन । सकेसम्म यसलाई प्रतिबन्ध नै लगाउनु पर्छ ।
– पानी वा अन्य पेय पदार्थहरू धेरै पिउनुहोस् ।
– यदि तपाईं व्यायाम कक्षामा जाने गर्नुभएको छ भने सबैभन्दा पहिले आफू गर्भवती रहेको र गर्भ रहेको यकिन समय पनि भन्नुहोस् ।
– तपाईं पौडी खेल्न कोसिस गर्न सक्नुहुन्छ किनकि पानीले तपाईंको बढाइएको तौललाई सन्तुलित गराउन मद्दत गर्छ ।
–जोखिमयुक्त व्यायामहरू जस्तै घोडा सवारी, डाउनहिल स्किइङ, आइस हकी, जिम्नास्टिक र साइकलिङ जस्ता अभ्यासहरूको सकेसम्म विकल्प खोज्नुहोस्
–समुद्री सतहबाट २५०० मिटर भन्दा उचाइमा गरिने व्यायाम उपयुक्त हुँदैन । किनकि तपाईं र तपाईंको बच्चाको लागि उचाइमा गरिने व्यायामले स्वास्थ्य समस्या निम्त्याउन सक्छ ।

गर्भावस्थामा फिट रहने उपाय : यदि तपाईं गर्भवती हुनुहुन्छ भने यस अवस्थामा कस्ता कस्ता व्यायाम गर्न सकिने र ती व्यायामहरुले शरीरको कुन अंगलाई बढी फाइदा गर्छ ? भन्नेबारेमा यकिन गर्नुपर्छ । कतिपय व्यायामले तपाईंको मांसपेशीलाई सुदृढ बनाउन मद्दत गर्छ । उनीहरूले तपाईंको जोर्नीलाई पनि मजबुत बनाउन मद्दत गर्छ ।

पेटलाई सुदृढ पार्ने व्यायाम : जसरी तपाईंको बच्चा ठूलो हुँदै जान्छ, तपाईंलाई पछि दुखाइ बढ्न सक्छ । यी अभ्यासहरूले पेटको मांसपेशीलाई मजबुत गराउने काम गर्छ ।