चैत्र ३०, २०८० शुक्रबार

एमालेबाट निर्वाचित वडाध्यक्षले गाउँ कै युवतीलाई गर्भवति बनाएपछि



बागलुङ । जिल्लामा एक वडा अध्यक्षले अवैध सम्बन्धबाट युवतीलाई गर्भवती बनाएका छन् । जिल्लाको जैमिनी नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष सन्दिप थापा ‘ईन्द्र’ले अवैध सम्बन्धबाट ताराखोला गाउँपालिकाकी २५ वर्षीया युवतिलाई थापाले गर्भवती बनाएका हुन् ।

अध्यक्षले ती युवतीलाई गर्भवती बनाई बागलुङ बजारको एक घरमा राखेको पाइएको छ । थापाको घरमा एक श्रीमति, ३ छोरी र १ छोरा रहेका छन् । अवैध सम्बन्धबाट युवतिलाई गर्भवती बनाएपछि उनलाई बाहिर हिँडडुल गर्न समेत नदिने गरेको युवतीकी आमाले बताइन् ।

नेकपा एमालेको तर्फबाट वडा अध्यक्ष जितेका थापाले आफु अविवाहित रहेको भनि ढाँटेर ति युवतिसँग शारीरिक सम्बन्ध गाँसेकोे माइती पक्षको दाबी छ । युवतिलाई पटक–पटक गर्भपतन गराएको र तेस्रो पटक गर्भपतन गराउँदा स्वास्थ्यमा जटिल समस्या आउने डाक्टरले बताएपछि गर्भवतन नगरेको बुझिएको छ ।

अस्पतालले ति युवति सुत्केरी हुने समय भदौको पहिलो हप्तालाई तोकेको पाइएको छ । यस विषयमा वडा अध्यक्ष थापाले घट्नालाई स्वीकार गरेका छन् । वडा अध्यक्ष थापा वडा मेलमिलाप समितिका संयोजक समेत हुन् । वडा मेलमिलाप समितिको संयोजकले नै अनैतिकि गतिविधि गर्दै हिँडेपछि वडाबासीले न्याय पाउने आशा मारेका छन् ।

नेपालमा कानुनतः लिभिङ टुगेदरलाई मान्यता दिईएको छैन भने यस्तो कार्यलाई अपराधको रुपमा हेरिन्छ । सार्वजनिक पद धारण गरेको व्यक्तिले यस्तो गम्भीर अनैतिक कार्य गर्नु अक्षम्म अपराध भएको महिला अधिकारकर्मीहरुको बुझाई छ ।

मुलुकी अपराध संहिता १७५ (४) अनुसार दुईवटा श्रीमति राख्न पाईदैन । दोस्रो विवाह गर्नको लागि पनि पहिलो श्रीमतिसँग सम्बन्ध विच्छेद गरेको हुनु पर्ने उल्लेख छ । थापाको घरमा दोस्रो श्रीमति रहेकी छिन् भने उनको पहिलो र तेस्रो श्रीमतिसँग सम्बन्ध नरहेको स्थानीयको भनाई छ ।