बैशाख १२, २०८१ बुधबार

विवाहपछि माेटाउनुभयाे यस्ता कारण हुनसक्छ



एजेन्सी । विवाह पश्चात महिलापुरुषमा अनेक किसिमका शारीरिक परिवर्तन देखिन थाल्छ। विशेषगरी मधुमास (हनिमून)सकिए लगत्तैदेखि महिलाको ढाड चौडा हुनथाल्छ भने पुरुषको पनि तौल बढ्न थाल्छ।

वैज्ञानिकका अनुसार यसो हुनुको कारण पार्टनरसँग रहनु वा विवाह पश्चात हुने प्रारम्भिक परिर्वतन हुन् । स्कटल्याण्डमा हालै सम्पन्न एक अध्ययनका अनुसार विवाह लगत्तै केटाकेटीको तौल २ देखि ३ किलो सम्म बढ्छ।

स्कटल्याण्डस्थित ग्लासगो यूनिभर्सिटीका सिनियर लेक्चरर क्याथरीनका अनुसार यो बेला उनीहरू कम क्रियाशिल हुन्छन्, अरुलाई ‘इम्प्रेस’ गर्ने काम पनि बन्द गरिदिन्छन् । जुन ठूलो तौल बढ्ने प्रमुख कारण हो ।  पार्टनरसँग रहन थालेपछि एकअर्काले खानपानमा पनि विशेष ख्यान गर्न थाल्छन्  ।  उनीहरूको जोड बढी खाना र काम कम गर्नतर्फ हुन्छ ।

अथवा ‘ह्याप्पी रिलेशनशीप’ तौल बढ्ने प्रमुख कारण बन्न सक्छ । सन् २०१३ मा गरिएको एक अध्ययनमा यस्ता जोडी जो विवाहपछि खुशीसाथ जिन्दगी ज्यूने गर्थे दुई वर्ष मै उनीहरूको तौल निकै बढेर गयो । तर, रमाइलो तथ्य के थियो भने जुन दम्पती कम खुशी थिए उनको तौलमा खासै परिवर्तन देखिएन।

हेल्थ साइकोलोजीमा प्रकाशित अध्ययन रिर्पोटका अनुसार विवाह पश्चात तौल बढ्नुको अर्को कारण केटाकेटीले आफ्नो ख्याल त्यति गर्दैनन् । दिनहुँ गरिने व्यायामलाई बेवास्ता गर्न थाल्छन् । त्यति मात्र नभई तौल कम हुनुलाई अपोजिट सेक्सलाई आकर्षित गर्नुसँग जोडेर हेर्न थाल्छन् ।