चैत्र १६, २०८० शुक्रबार

जागिर लगाइदिने लोभमा बलात्कार प्रयास गर्ने उपमेयरले गरे आत्मसमर्पण



बलात्कार प्रयासको आरोप लागेका सिरहाको लहान नगरपालिकाका उपमेयर रामचलितर महतोले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।

उनी शुक्रबार आफैं इलाका प्रहरी कार्यालयमा हाजिर भएका हुन् ।

उपमेयर महतोले कार्यकक्षमा बोलाएर जागिर लगाइदिने लोभ देखाई बलात्कारको प्रयास गरेको भन्दै एक महिलाले ४ साउनमा प्रहरीमा उजुरी दिएकी थिइन् । उजुरी दर्तापछि उपमेयर सम्पर्क बिहीन भएका थिए ।

सिरहा प्रहरीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक रामचन्द्र साहले उपमेयर महतो इलाका प्रहरी कार्यालयमा हाजिर भएको जानकारी दिए । हाजिर भएपछि उनलाई नियन्त्रणमा लिएर अन्य अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक साहले बताए ।