चैत्र १५, २०८० बिहीबार

गुल्मीमा एक वृद्धाको रहस्मय मृत्यु



गुल्मी – गुल्मीमा एक जना वृद्धाको रहस्मय मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका वडा नं ५ दरिङ ढुङ्गा बस्ने अन्दाजी ७४ बर्षीया वृद्धा जिवाकला थापा सोमबार साझ आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकी हुन् ।

घरमा एक्लै बस्ने गरेकी थापाका गरगहना लुटपाट गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । घरभित्र हत्या गरी घरबाहिरबाट ढोकामा ताल्चा लगाएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधव राज खरेलका अनुसार घटना रहस्मय भएकाले प्रहरीले गम्भीरताका साथ अनुसन्धान गरिरहेको जनाएको छ । हत्याको आशकामा वृद्धाका आफन्तले प्रहरीमा जाहेरी दिएको बताएका छन् ।