बैशाख ३, २०८१ सोमबार

परिक्षा दिएको १२ वर्षपछि खानेपानी संस्थानको नतिजा सार्वजनिक



लिखित परिक्षा दिएको १२ वर्षपछि नेपाल खानेपानी संस्थानले एक विज्ञापनको नतिजा सार्वजनिक गरेको छ । २०६७ सालमा लिखित परिक्षा सम्पन्न पाचौं तहको सव इन्जिनियर पदको अन्तिम नतिजा आज सार्वजनिक गरेको हो ।

विज्ञापन नं. ३१/०६६/०६७ को लिखित परिक्षाको नतिजाको विषयमा सर्वोच्च अदालतमा मुद्धा परेर स्टेअर्डर जारी भएपछि २०६७ देखि अन्तरवाता रोकिएको थियो । सर्वोच्चले २०७८ भदौ १३ मा अन्तिम फैसला गरेपछि नतिजा प्रकाशनको प्रकृया शुरु भएको थियो ।

जस अनुसार २०७९ मंसिर २० देखि २२ गतेसम्म अन्तरवार्ता भएको थियो । उम्मेदवारहरुले लिखित परिक्षा दिएको १२ वर्षपछि आज अन्तिम नतिजा पाएका छन् ।