बैशाख ८, २०८१ शनिबार

फाटेको दूध नाेक्सान नगराैं, भिटामिनले भरपुर हुन्छ



घरमा कहिलेकाहीँ गल्तीले दूध फाट्दा हामी काम नलाग्ने भनेर फ्याँक्ने गर्छाैं। काेही काेहीले पनिर सम्म बनाएर खाने गरेपनि पानी भने फ्याँकिदिन्छन् । बजारकाे पनिर मन नपराउनेहरू घरमा नै पनिर बनाउन रुचाउँछन् । तर त्यसबाट निस्कने पानी भने फ्याँक्छन् । तर तर फाटेको दूधको यो पानी असाध्यै गुनिलो छ । यसमा पर्याप्त मात्रामा प्रोटिन र ल्याक्टिक एसिडजस्ता पोषक तत्व पाइन्छ । जुन स्वास्थ्यका लागि निकै फाइदाजनक छ । यस्तोमा फाटोको दूधको पानीको फाइदा र यसको प्रयोगका केही शानदार तरिकाबारे जानकारी लिऔँ ।

फाटेको दूधको पानी हुन्छ मिनरल्स र भिटामिनले भरपुर

भारतकी न्युट्रिसनिष्ट प्रियंक सिंहका अनुसार फाटेको दुधको पानीमा प्रोटिन, कार्बोहाइड्रेट, फ्याट, क्याल्सियम र ल्याक्टिक एसिडबाहेक प्रचुर मात्रामा विभिन्न खालका मिनरल्स र भिटामिन पाइन्छन् । यसमा क्याल्सियम भने शून्य बराबरको हुन्छ ।

यसको प्रयोग खाना बनाउनेदेखि पिउनका लागि सम्म गर्न सकिन्छ । यसले हाम्रो प्रतिरोधी क्षमता बलियो बनाउँछ । साथै, यसले उच्च रक्तचापमा पनि निकै फाइदा पुर्याउँछ । यो पिउँदा मृगौलाले निकै राम्रोसँग काम गर्छ ।

दैनिक पिउँदा पाचन तन्त्र बलियो हुनेछ

प्रियंका सिंह थप्छिन्, ‘नुन हालेर फाटेको दूधको पानी पिउँदा पाचन तन्त्र बलियो रहन्छ । यसले छिटो खाना पचाउँछ र भोक पनि जगाउँछ । लो क्यालोरीका कारण तौल बढ्ने डर पनि कम रहन्छ ।’

यसरी गर्न सकिन्छ फाटेको दूधको पानीको प्रयोग

पिठो मुछ्न : पिठो मुछ्न फाटेको दूधको पानी प्रयोग गर्दा रोटी नरम हुन्छन् ।

तरकारीको ग्रेभीमा : तरकारीको ग्रेभीमा पानीको साटो फाटेको दूधको पानी हाल्दा ग्रेभी बढी रिच, स्वस्थ र स्वादिलो हुन्छ । जुनसुकै तरकारीको ग्रेभीमा फाटेको दूधको पानी प्रयोग गर्न सकिन्छ ।

सूपमा : कुनै पनि भेजिटेबल सुपमा पानीको साटो यसको प्रयोग गर्न सकिन्छ ।

भात पकाउन : भात वा पुलाउ बनाउन पनि सादा पानीको साटो यसको प्रयोग गर्न सकिन्छ ।

कपाल धुन : फाटेको दुधको पानीका अन्य धेरै प्रयोग पनि छन् । यो पानीले कपाल धुँदा कपाल नरम हुन्छन् । साथै, चाया पनि कम हुन्छन् । मुख धुँदा पनि यो पानी प्रयोग गर्न सकिन्छ ।