बैशाख ८, २०८१ शनिबार

लुम्बिनी एमालेको सचेतकमा रेखा कुमारी शर्मा



दाङ् – लुम्बिनी प्रदेशसभामा नेकपा एमालेको सचेतकमा रेखा कुमारी शर्मा चयन भएकी छन् । बुधबार नेकपा एमालेको दाङको देउखुरीमा बसेको प्रदेश संसदीय दलको बैठकले प्रदेशसभाको सचेतकमा दाङकी शर्मालाई चयन गरेको हो । शर्मा समानुपातिकबाट निर्वाचित प्रदेशसभा सदस्य हुन्।

एमालेले प्रमुख सचेतकमा भने रुपन्देहीका तुलसी चौधरीलाई चयन गरेको छ । यससँगै लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आफ्नो सचिवालय विस्तार गरेका छन् । गिरीले प्रमुख राजनीतिक सल्लाहकारमा एमाले पोलिटब्यूरो सदस्य दधिराम न्यौपानेलाई नियुक्त गरेका छन्। यसअघि उनले प्रमुख स्वीकय सचिवमा कृष्ण कुमाल, स्वकीय सचिवमा अमृत गिरी र प्रेस संयोजकमा टीका बस्नेतलाई नियुक्त गरेका थिए ।

सरकारका प्रवक्ता एंव मन्त्री चेतनारायण आचार्यका अनुसार मुख्यमन्त्री गिरीले सचिवालय विस्तारसँगै सरकार विस्तारको पनि तयारी गरेका छन्। शुक्रबारसम्म सरकार विस्तार हुने बताइएको छ । सरकार विस्तारका लागि मुख्यमन्त्री गिरी माओवादी केन्द्र र अन्य संवाद गरिरहेका छन् ।