बैशाख ९, २०८१ आईतबार

स्थानीय तहका उम्मेदवारलाई निर्वाचन आयोगले तोकेको जरिवाना राष्ट्रपतिबाट माफी मिनाहा



काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीबाट गत वैशाख ३० गते सम्पन्न स्थानीय तहमा सम्पन्न निर्वाचनका उम्मेदवारहरुलाई निर्वाचन आयोगले तोकेको जरिबानाको रकम माफी मिनाहा भएको छ ।

मन्त्रिपरिषदको बिहीबार बसेको बैठकको सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २७६ बमोजिम जरिवानाको माफी मिनाहा गरेको राष्ट्रपति कार्यालय शीतल निवासका सहायक प्रवक्ता लीलाकान्त पौडेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

आयोगले स्थानीय तहका उम्मेदवारहरुले समयमा निर्वाचन खर्चको विवरण नबुझाएपछि जरिवाना तोकेको थियो । जरिवाना धान्नै नसक्ने भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको थियो । सर्वोच्चले पनि आयोगले तोकेको जरिवाना लिने निर्णय कार्यान्वयन नगराउन अन्तरिम आदेश जारी गरिसकेको छ ।