बैशाख १, २०८१ शनिबार

जीवित देविका रुपमा पुजिएकी पूर्व कुमारी समिता राप्रपा प्रवेश



 

काठमाडौं । पूर्वकुमारी समिता बज्राचार्य राप्रपा प्रवेश गरेकी छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले समितालाई खादा र सदस्यता प्रदानसहित पार्टीमा स्वागत गरे ।

समिता २०६७ देखि २०७१ सालसम्म जीवित देवी कुमारीको रूपमा पुजिएकी थिइन् ।

‘पूर्वकुमारीलाई राप्रपामा स्वागत गर्न पाउँदा हर्षित छौं’, लिङदेनले लेखेका छन् ।