बैशाख १६, २०८१ आईतबार

नेपालमा १८ प्रतिशत महिला र २३ प्रतिशत पुरुषमा उच्च रक्तचापको समस्या



नेपालमा १५ वर्षमाथिका १८ प्रतिशत महिला र २३ प्रतिशत पुरुषलाई उच्च रक्तचाप समस्या देखिएको एक सर्वेक्षणले देखाएको छ।

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार १५ वर्षमाथिका २३ प्रतिशत पुरुष र १८ प्रतिशत महिला उच्च रक्तचापको समस्यामा पर्ने गरेका छन् ।

सर्वेक्षण अनुसार १५ देखि ४९ वर्षका २२ प्रतिशत महिला र ११ प्रतिशत पुरुषले चिन्ता लिने गरेको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १३ हजार ७ सय ८६ घरधुरीमा यो सर्वेक्षण गरेको थियो। जसमध्ये छनोटमा परेका १४ हजार ८४५ महिला र ४ हजार ९१३ पुरुषलाई अन्तर्वार्तामा समावेश गराइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।