बैशाख १५, २०८१ शनिबार

गृहका ४० उपसचिवको सरुवा, ५ जना महिला उपसचिव काे कहाँ ?



काठमाडाैं – गृह मन्त्रालयले मातहतका ४० उपसचिवको सरुवा गरेको छ । जसमा केही जिल्लाका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी रहेका छन् ।

मापदण्डअनुसार अवधि पुगेका र सरुवा मागेकामध्ये ४० जनाको सरुवा गरेको गृह मन्त्रालयले जनाएको छ ।सरुवा हुनेमध्ये ५ जना महिला उपसचिव छन् ।

जसमध्ये सुप्रभा ढुंगेल खनालको मनाङको प्रमुख जिल्ला अधिकारीबाट गृहमन्त्रालय, गोमादेवि चेम्जोङको ताप्लेजुङको प्रमुख जिल्ला अधिकारीबाट ईलामको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा भई राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन कार्यालयमा काजमा, हिरादेवि पौडेलको प्राधिकरणबाट जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ, देवि पाण्डे खत्रीको राष्ट्रिय परिचय तथा पञ्जिकरण विभागबाट सोलुखुम्बुको प्रमुख जिल्ला अधिकारीमा सरुवा भएको छ । त्यस्तै वन्दना कुमारी केसीको गृह मन्त्रालयमा पदस्थापना भएको छ ।