बैशाख १८, २०८१ मंगलबार

उच्च अदालतमा ३९ न्यायाधीश नियुक्त, तीन जना महिला



काठमाडौं। न्याय परिषदले उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरेको छ।

परिषद्‍को बुधबार बसेको बैठकले २६ जना जिल्ला न्यायाधीश, न्याय सेवाका चार कर्मचारी र ९ जना कानुन व्यवसायीलाई उच्च अदालतको न्यायाधीश नियुक्त गर्ने निर्णय गरेको हो। नवनियुक्त न्यायाधीश मध्ये जम्मा ३ जना महिला न्यायाधीश छन् ।

न्याय सेवाबाट महान्यायाधिवक्ताको कार्यालयमा कार्यरत सहन्यायाधिवक्ता रमादेवी पराजुली, सर्वोच्च अदालतका सहरजिष्ट्रार नेत्रप्रकाश आचार्य, महान्यायाधिवक्ताको कार्यालयकै सहन्यायाधिवक्ता हरिप्रसाद जोशी र कानुन मन्त्रालयका सहसचिव कोशलचन्द्र सुवेदी न्यायाधीश नियुक्त भएका हुन्।

यस्तै कानुन व्यवसायीबाट कैलालीका खेमप्रसाद भट्ट, खोटाङका अस्मिनकुमार राई, अछामका मात्रिकाप्रसाद भण्डारी, दैलेखका नरबहादुर खड्का, काठमाडौंकी सानुमैया डंगोल, मोरङको सरला मोक्तान, सर्लाहीका नरेशकुमार चौधरी, पाँचथरका कैलाश गुरुङ र दाङका माधव धिताल उच्च अदालतको न्यायाधीश नियुक्त भएका छन्।