बैशाख १८, २०८१ मंगलबार

२० वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जना पक्राउ



उदयपुर । २० वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा चौदण्डीगढी नगरपालिका-८ हिलेखोला बस्ने ३० वर्षीय गणेश राई, २७ वर्षीय उमेश मगर र २७ वर्षीय खडग मगर रहेका छन् ।

उनीहरूले ती किशोरीलाई ललाई फकाई सोही ठाउँस्थित जंगलमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।