बैशाख १२, २०८१ बुधबार

बलात्कारकाे कानुनी व्याख्या आवश्यक छः चन्द्र भण्डारी



काठमाडौँ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले बलात्कारबारे कानुनी व्याख्या हुनुपर्ने बताएका छन्।

उनले बिहीबार सामाजिक सञ्जालमार्फत बलात्कार कुन अवस्थालाई मान्ने भन्नेबारे कानुनी व्याख्याको आवश्यकता रहेको धारणा राखेका हुन्।

उनले भनेका छन्,’बलात्कार कुन अवस्थालाई मान्ने सम्बन्धमा कानुनी व्याख्याको आवश्यकता छ। कस्तो अवस्थालाई प्रेम? र कस्तो अवस्थालाई बलात्कार? बलात्कार भनेको के हो? अनि प्रेम के हो? प्रेम बलात्कारमा परिणत हुन्छ हुँदैन? परिभाषाको आवश्यकता?’

उनको स्टाटसमा धेरैले सन्दीपमाथिको फैसलालाई जोडेर प्रतिक्रिया जनाएका छन् । बलात्कार सम्वन्धी कानून नै त्रुटिपूर्ण रहेको तथा सन्दीपमाथि गरिएको फैसला पनि एकपक्षीय रहेको अधिकांसको टिप्पणी छ । भण्डारी गुल्मीका जननिर्वाचित सांसद हुन् ।

यसअघि हिजो गण्डकी प्रदेशका सांसदले विदेशीको इशारामा सन्दीपलाई फसाइएको आरोप लगाउँदै स्टाटस लेखेका थिए ।

बाग्लुङका सांसद कृष्ण पाठकले लेखेका थिए, ‘विदेशीको इशारामा एक होनाहार क्रिकेटरलाई बलि चढाइयो ।’