बैशाख १५, २०८१ शनिबार

अनलाइनमार्फत ब्ल्याकमेलिङ गरेर ५ जनाकाे यौन शोषण गर्ने भारतीय नागरिक पक्राउ



काठमाडौँ । विद्युतीय माध्यमबाट ब्ल्याकमेलिङ गरेर यौन शोषण गरेको आरोपमा भारतीय नागरिकलाई उपत्यका प्रहरी कार्यालयले पक्राउ गरेको छ । जोगबनी घर भएका रवि कुमारलाई विराटनगरबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ ।

काठमाडौँमा बलात्कार गरेर भारत गएका रवि कुमारले अश्लील भिडियो बनाएर पीडितहरुलाई विराटनगरमा बोलाएर समेत यौन शोषण गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । उपत्यका प्रहरी कार्यालबाट डिएसपीको नेतृत्वमा खटिएको टोलीले रवि कुमारलाई काठमाडौँ ल्याउँदै छन् ।

रवि कुमारले अहिलेसम्म ३ जनालाई बलात्कार गरेको उजुरी जिल्ला प्रहरी परिसर काठमाडौँ र कालिमाटीस्थित महिला बालबालिका सेवा केन्द्रमा दर्ता भएको छ । बलात्कारपछि उनले पीडिहरुलाई धम्की समेत दिने गरेको अनुसन्धानमा प्रहरीले बताएकाे छ। ती अधिकृत भन्छन्,‘एक महिनाभित्र उनी ५ वटा बलात्कारमा संलग्न भएको भेटिएको छ, ३ जना पीडित हाम्रो सम्पर्कमा छन् ।’