बैशाख १७, २०८१ सोमबार

टुँडिखेलमा च्यापिएर १६ जना महिला र बालबालिका घाइते, ट्रमा सेन्टरमा उपचार



काठमाडौंको टुँडिखेलमा माघी मनाउन पुगेकाहरूको भीड अनियन्त्रित हुँदा च्यापिएर १६ जना घाइते भएका छन् ।

सोमबार मगर समुदायको माघेसक्राति र थारू समुदायको माघी मनाउन टुँडिखेलमा पुगेका १६ जना च्यापिएर घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए।

ट्रमा सेन्टरमा उपचार भइरहेका घाइतेहरू

१) जिल्ला धादिङ गंगा जमुना गाउँपालिका वडा नं. ५ घर भई हाल काठमाडौं जिल्ला फुटुङ बस्ने वर्ष १९ की रेजिना घले (निधार र मुखमा चोट बोल्न सक्ने) ।

२ ) जिल्ला कैलाली घोडाघोडी गाउँपालिका घर भई काठमाडौं जिल्ला सितापाइला बस्ने वर्ष १९ की रिजा रेस्मी मगर (निधारमा पेटमा चोट बोल्न सक्ने) ।

३) जिल्ला संखुवाशभा म्यादी नगरपालिका-४ घर भई काठमाडौं जिल्ला मनमैजु बस्ने वर्ष २२ की निर्मला श्रेष्ठ (निधार,बाँया कुम र दुवै खुट्टामा चोट बोल्न सक्ने )।

४) जिल्ला ललितपुर ललितपुर महा-नगरपालिका वडा नं. २२ पाटन बस्ने वर्ष २७ की रश्मी नेपाल (बाँया गालामा चोट अवस्था बोल्न सक्ने )।

५) जिल्ला दोलखा आरुघाट गाउपालिका वडा नं. ८ घर भई हाल का.जि. चौमती बस्ने वर्ष ११ की युनिका बराल (सामान्य )।

६) जिल्ला उदयपुर रौतामाई गाउपालिका ०८ घर भई हाल का.जि. मनमैजु बस्ने वर्ष १४ की करिश्मा मगर (अनुहार र ढाडमा चोट बोल्न सक्ने )।

डिस्चार्ज भएकाहरू

१- जिल्ला खोटाङ हलेशी तुवाचुङ नगरपालिका वडा नं. १० घर भई हाल ललितपुर पाटन ढोका बस्ने वर्ष १२ को त्रिसना मगर (टाउकोमा चोट बोल्न सक्ने)

२- जिल्ला सिन्धुपालचोक घर भई हाल ललितपुर जिल्ला चामुण्डा बस्ने वर्ष १२ की अन्जना तामाङ (निधारमा चोट बोल्न सक्ने)

३- जिल्ला धनकुटा घर भई हाल ललितपुर जिल्ला चाखुपाट बस्ने वर्ष १६ की निकिता मगर (अनुहारमा चोट बोल्न सक्ने) ।

४- जिल्ला बर्दिया राजापुर नगरपालिका वडा नं. १ घर भई हाल काठमाडौं जिल्ला नयाँबजार बस्ने वर्ष ३० की रेखा चौधरी (पेटमा चोट बोल्न सक्ने) ।

५- जिल्ला प्युठान खलङगा गाउँपालिका वडा नं. ४ घर भई हाल काठमाडौं जिल्ला फुटुङ बस्ने वर्ष १६ की अनिसा के.सी. (दाहिने हातमा चोट बोल्न सक्ने) ।

६- जिल्ला कैलाली भजनिया नगपालिका वडा नं. ३ घर भई हाल ललितपुर भैसेपाटी बस्ने वर्ष २५ की कल्पना चौधरी (टाउकोमा चोट बोल्न सक्ने) ।

७- जिल्ला सुनसरी धरान उप-महानगरपालिका वडा नं. ३ घर भई हाल काठमाडौं जिल्ला बनस्थली बस्ने वर्ष २२ की मन्दिरा बस्नेत (बाया खुट्टा र कानमा चोट बोल्न सक्ने) ।

८- जिल्ला ललितपुर ललितपुर महानगरपालिका वडा नं. २२ बस्ने वर्ष ४० की मिना थापा (बेहोस अवस्थामा ल्याएको हाल बोल्न सक्ने) ।

९- जिल्ला रोल्पा घर भई हाल कोशी प्रदेश तालिमकेन्द्र दरबन्दी भई त्रिपुरेश्वर विशेष सुरक्षा गणमा कार्यरत प्र.ज. पृथ्वी बुढामगर (बाँया खुट्टामा चोट बोल्न सक्ने) ।

१०- जिल्ला पाल्पा तानसेन नगरपालिका वडा नं. १४ घर भई हाल का.जि. लैनचौर बस्ने वर्ष २५ की निशा राना थापा (दुवै खुट्टामा सामन्य चोट बोल्न सक्ने) ।

११- जिल्ला प्रहरीपरिसर काठमाडौंका प्रवक्ता एसपी कुमुद ढुंगेलले प्रवेश द्वार साँघुरो हुँदा ठेलमठेल मच्चिएको र सोही क्रममा १६ जना घाइते हुन पुगेको बताए।

‘भित्र मगर र थारू समुदायको माघे संक्रान्ति मेला थियो। मेला भर्न सर्वसाधारणको घुइँचो लाग्यो। तर, भित्र प्रवेश गर्न एउटा मात्रै द्वार खोलिएको थियो। द्वारले धान्न सकेन। ठेलमठेल चल्यो। यही क्रममा १६ जना घाइते हुन पुगे’, उनले भने । घाइतेहरूको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको एसपी ढुंगेलले जानकारी दिए।