बैशाख ११, २०८१ मंगलबार

परीक्षा सम्बन्धी कार्य गर्न इच्छुक शिक्षक-शिक्षिकालाई रोस्टर भर्ने अवसर



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले परिक्षासम्बन्धी कार्य गर्न इच्छुक शिक्षकहरुलाई रोस्टर भर्न सूचना गरेको छ । परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) सानोठिमी भक्तपुरले शिक्षक रोस्टर भर्ने-भराउने सम्बन्धी सार्वजनिक सूचना जारी गर्दै राष्ट्रिय परीक्षा बोर्डद्वारा सम्पादन हुने परीक्षा सम्बन्धी कार्यका लागि विवरण पेस गर्न भनेको हो ।

प्रश्न पत्र निर्माण, प्रश्न पत्र परिमार्जन, उत्तर पुस्तिका परीक्षणरसंपरीक्षण, परीक्षा पर्यवेक्षण प्रयोगात्मक परीक्षाको वाह्य परीक्षक, प्रशिक्षक प्रशिक्षण लगायत अन्य कार्यहरूमा सहभागी हुन इच्छुक शिक्षकहरूको विवरण (रोस्टर) अद्यावधिक गर्न सक्ने बोर्डले जनाएको छ ।

कक्षा ११ र १२ मा अध्यापनरत इच्छुक शिक्षकरशिक्षिकाहरूले आफू सहभागी हुन चाहेको क्षेत्र, अध्यापनरत विषय, विशिष्टीकृत विषय र अध्यापन अनुभव वर्ष उल्लेख गरी माथिल्लो शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि संलग्न गरी सम्बन्धित विद्यालयमा बुझाउनु पर्नेछ ।