बैशाख १२, २०८१ बुधबार

त्रिशूलीमा गाडी खसेको खबर आएपछि खाेजीका लागि प्रहरी परिचालन



काठमाडौं । त्रिशूली नदीमा गाडी खसेको सूचना आएपछि प्रहरीले खोजीकार्य सुरु गरेको छ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका– ५ को तीन नम्बर पुल नजिकबाट गाडी खसेको सूचना आएपछि प्रहरीले खोजीकार्य शुरु गरेको हो ।

बिहान पौने ५ बजे पानीभित्र लाइट बलेको देखेपछि स्थानीयले गाडी खसेको हुनसक्ने भन्दै प्रहरीलाई खबर गरेका थिए ।

“गाडी खसेको कसैले देखेको छैन । सडकबाट तलका बोटबिरुवा लछारिएको पाइएको छ,” जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी श्रीराम भण्डारीले भने, “नदीको पानीभित्र गाडीको लाइट बलेजस्तो देखिएपछि स्थानीले खबर गरेका थिए । अहिले प्रहरी परिचालन भएको छ ।”

थप जानकारी हालसम्म नआएको उनको भनाइ छ ।