बैशाख ९, २०८१ आईतबार

प्रदेश योजना आयोगमा कपिलवस्तुकी गिता केसी नियुक्त



रूपन्देही । लुम्विनी प्रदेश योजना आयोगको रिक्त महिला सदस्यमा कपिलवस्तुकी गिता केसी नियुक्त भएकी छन् । केसी नियुक्त भएपछि योजना आयोगले पूर्णता पाएको छ ।

उपाध्यक्षसहित चार सदस्यीय रहेको योजना आयोगमा उपाध्यक्षमा डा. नहकुल केसी र अन्य दुई सदस्य यस अघिनै नियुक्त भइसकेका छन् । शुक्रवार भएको मन्त्रीपरिषदको बैठकले केसीलाई योजना आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको सरकार प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेयले जानकारी दिए ।

बैठकले विशेष अनुदान कार्यक्रम सञ्चालन पहिलो संशोधन कार्यविधि २०८० स्वीकृत गर्ने निर्णय गरेको छ । समयानुकुल गराउन कार्य विधि संशोधन गरिएको पाण्डेयले बताए ।