बैशाख १५, २०८१ शनिबार

कर्णालीमा आफन्तबाटै ६८ छोरी बलात्कृत, बुबाबाटै २३, दाजुभाईबाट १३



सुर्खेत । कर्णाली प्रदेशमा कर्णालीमा हाडनाता करणी बढेको देखिएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्ला पाँच वर्षमा हाडनाता करणी भएका ६८ घटना बाहिरिएका छन् ।

त्यसमध्ये आफ्नै बुवाबाट बलात्कृत भएका २३, दाजुभाईबाट १३ र हाडनाता करणीका अन्य उजुरी समेत गरी ६८ वटा उजुरी छन्।

प्रदेश प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक बीरबहादुर वलीले यो अवधिमा सुर्खेत र सल्यानमा यस्तै प्रकृतिका धेरै अपराध भएको बताए । चेतना र मदिरा सेवनका कारण यस्ता घटना बढ्दै गएको उनको भनाइ छ ।

‘समाज आपराधिक मनोवृत्तितिर बढेको छ,’ उनी भन्छन्, ‘घरमा सुरक्षित नभएका छोरीहरु अन्त के आश गर्ने ?’

समाजमा आफन्तबाट बलात्कारका घटना बढ्दै जाँदा समाजमा आपसी मित्रता भाइचाराको सम्बन्धमा समेत विश्वासको कमी हुँदै गएको प्रवक्ता वलीको भनाइ छ ।

इन्सेक कर्णाली प्रदेशका अनुसार सन् २०२३ जनवरीदेखि डिसेम्बरसम्म मात्रै ८ बालिका बाबुबाटै बलात्कृत भएका छन् भने २ जना एकाघरका काकाबाट बलात्कृत भएका छन् ।

प्रदेश संयोजक नारायण सुवेदीले पछिल्लो समयमा आफन्त र हाडनाताभित्रैबाट भएका विभत्स किसिमका बलात्कारका घटनाहरु समेत बढ्दो रहेको बताए ।

आवाज संस्थाका कार्यकारी निर्देशक पवित्रा शाहीले आवाज संस्थामा आउने उजुरीमध्ये ७० प्रतिशत बालिकाका उजुरी आउने बताइन् । ४ बालिकादेखि १७ वर्षका बालिकाहरु समेत आफन्तबाटै बलात्कृत भएका उदाहरण उनले सुनाइन् ।

ुघरभित्रै असुरक्षित हुनेहरुमा धेरै जसो आमा गुमाएकाहरु छन् । दाजु, काकादेखि आफ्नै जन्मदिने बाबुले समेत बलात्कार गर्नु भनेको अमानवताको पनि पराकाष्ठा हो,ु उनले भनिन्, ुछोरीहरु घरभित्रै सुरक्षित छैनन्, समाजमा कसरी सुरक्षित होउन् रुु

त्यस्ता घटनामा बालिकाहरुलाई न्याय पाउन समेत कठिन हुने गरेको उनले बताइन् । ुमहिलामाथि अझै पनि घरभित्रै शोषण छ,ु उनले भनिन्, ुपरिवार र समुदायभन्दा टाढा जाने ठाउँ हुदैन । त्यहीकारण धेरै बालिकाहरुरमहिलाहरु आफू अन्याय सहेर पनि घटना लुकाउँछन् ।ु