काठमाडौं । बलिउड स्क्रिप्ट राइटरले भवानी अयरले नेपालमा स्क्रिप्ट राइटिङको वर्कसप दिने भएकी छन् ।
भवानीले ‘गो टु टेल इट अन माउन्टेन’ शीर्षकमा नेपाली सिनेमा राइटरलाई फिचर सिनेमाको स्क्रिनराइटिङ वर्कसप सञ्चालन गर्ने भएकी हुन् ।
शिक्षा फाउन्डेसन नेपालको आयोजनामा १७ देखि २० मार्चमा स्क्रिप्ट राइटिङको वर्कसप आयोजना हुने भएको हो ।
भवानी स्क्रिनप्लेराइटिङमा थुप्रै अवार्ड विजेता स्क्रिनप्ले राइटर हुन् । उनले ल्यान्डमार्क सिनेमा ‘ब्ल्याक’, ‘गुजारिस’, ‘लुटेरा’, ‘राजी’, ‘साम बहादुर’ र वेब सिरिज ‘काफिर’, ‘ब्रेथ: इनटु द स्याडो’, ‘द एम्पायर’जस्ता ऐतिहासिक सिनेमाको पटकथा लेखक हुन् ।
भवानीले विभिन्न पटकथा लेखन प्रयोगशालाहरूमा मेन्टरको काम गर्दै आएकी छन् । भारतसँगै विदेशका विभिन्न संस्थानहरूमा अध्यापन पनि गराउँदै आएकी छन् ।
प्रतिक्रिया दिनुहोस्