माघ ४, २०८२ आईतबार

काेराेना जितेर फर्केकी ९० वर्षीया महिलालाई मन्त्रीकाे स्वागत



विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९)को संक्रमण भएकी विराटनगरकी ९० वर्षकी महिला निको भएर घर फर्केकी छन् ।

विराटनगर– ६ कि ती महिलालाई बुधबार प्रदेश १ सामाजिक विकासमन्त्री जीवन घिमिरेले कोरोना जितेर फर्केपछि फूलगुच्छा दिएर स्वागत गरे ।

उनीसँगै प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ८ सय ८७ पुगेको छ । बुधबारमात्रै वृद्धासहित प्रदेश १ बाट ५७ जना डिस्चार्ज भएका छन् ।

पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आइसोलेसन अस्पतालबाट ३६ जना र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट २१ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।